Logo
Logo

राष्ट्रिय वाणिज्य बैँकको ऋणपत्र बिक्री खुला


दृष्टि संवाददाता



काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले मंगलबारदेखि ८ दशलमव ५ प्रतिशतको आरबीबीएल डिबेन्चर, २०८३ ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८ दशलमव ५० प्रतिशत ब्याजदर भएको कुल २ अर्ब ५० करोड रुपैंया मूल्य बराबरको ऋणपत्र बिक्री गर्न लागेको हो । यस ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिनेछ ।

८ दशमलब ५ प्रतिशत आरबीबीएल डिबेन्चर, २०८३ नामको प्रतिकित्ता १ हजार दरका कुल २५ लाख कित्ता ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात १५ लाख कित्ता व्यक्तिगत तवरबाट संगठित संस्थालाई बिक्री गरिने र सो का लागि ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक ‘एनआईबिएल एस क्यापिटल लिमिटेड’ र निष्काशनकर्ता कम्पनी ‘राष्ट्रिय वाणिज्य बैंक लिमिटेड’को आपसी सहमतिमा बिक्री वितरण गरिने छ ।

साथै, सर्वसाधारणका लागि छुट्याईएको ४० प्रतिशत अर्थात १० लाख कित्ता सर्वसाधारण नेपालीकालागि सार्वजनिक निष्काशनबाट ऋणपत्र बिक्री गरिनेछ ।

छिटोमा जेठ २८ र ढिलोमा असार ८ सम्म बिक्रीमा रहने यस ऋणपत्र खरिदका लागि न्युनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।

ऋणपत्र खरिदका लागि राष्ट्रिय वाणिज्य बैंकका शाखा कार्यालयहरु, सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयहरु मार्फत आवेदन दिन सकिनेछ । साथै मेरो सेयरमार्फत पनि आवेदन दिन सकिने व्यवस्था रहेको छ ।

प्रतिक्रिया दिनुहोस्