Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : कोरोना संक्रमित घट्दैदेखि ओलीलाई नेपालको जवाफसम्म


दृष्टि संवाददाता


१. २४ घण्टामा देशभर ४ हजार ४ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि, २४ घण्टामा ६ हजार ९ सय ५१ जना कोरोना संक्रमणमुक्त, सक्रिय संक्रमितको संख्या ८५ हजार ५ सय ४४ पुग्यो, देशभर २४ घण्टामा थप ९२ जनाको मृत्यु, सरकारले मंगलबारबाट देशभर कोरोनाविरुद्ध दुई दिने खोप अभियान चलाउँदै, चीनबाट अनुदान प्राप्त भेरोसिल खोप उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा ६० देखि ६४ र उपत्यकाबाहिरको हकमा ६२ देखि ६४ वर्ष उमेर समूहका मानिसलाई पहिलो मात्रा लगाइने ।

२. नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले नेता माधवकुमार नेपालबीच बुढानिकलण्ठमा छलफल, प्रदेशहरुमा पनि आफ्नो गठबन्धनको सरकार बनाउने बारे छलफल, सुदुरपश्चिम प्रदेश सरकारलाई विश्वासको मत दिने तथा प्रदेश २ र गण्डकी प्रदेश सभाको भविष्य र सरकारबारे पनि कुराकानी, ओलीले अघि सारेको ६ बुँदे एकता प्रस्तावको विषयमा पनि तीन नेताबीच छलफल ।

३. नेकपा एमालेको माधव नेपाल समूहद्वारा पार्टी एकताका लागि अध्यक्ष केपी शर्मा ओलीले गरेको आह्वानलाई जालझेलपूर्ण भएको भन्दै अश्वीकार, वैशाख २६ गते माधव नेपालले पेस गरेको ६ बुँदे प्रस्ताव स्वीकार गरिएमात्र एकता हुने निष्कर्ष निकाल्दै काउन्टर जवाफ, पार्टी एकताको लागि २०७५ जेठ ३ अघिको अवस्थामा ओली फर्किसकेकाले एकताको विपक्षमा उभिन नहुने केही नेताको तर्क ।

४. आफ्ना कारण नेकपाको एकता प्रयास विफल भएको भन्ने प्रधानमन्त्री केपी शर्माको आरोपको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललको खण्डन, ओलीको अभिव्यक्ति भ्रामक र षड्यन्त्रपूर्ण रहेको पनि आरोप, अभिव्यक्तिलाई लिएर प्रचण्ड र माधव नेपालबीचको छलफलपछि ओलीको आरोप निन्दनीय भएको जिकिर ।

५. मन्त्रिपरिषद् पुनर्गठन बिरुद्ध सर्वोच्च अदालतमा पाँच वटा रिट दर्ता, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले केपी शर्मा ओलीले जेठ २१ मा गरेको मन्त्रिपरिषद् विस्तार असंवैधानिक भएको दावी गरेर रिट दायर, विश्वासको मत लिन नसकेका प्रधानमन्त्री संविधानको धारा ७७ (३) अनुसार कामचलाउ भएको हुनाले मन्त्रिपरिषद् विस्तर गर्न नमिल्ने निवेदकको दाबी ।

६. भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अम्मरबहादुर थापाको राजीनामा माग गर्दै एमालेले कर्णाली प्रदेशसभा बैठक अवरुद्ध, सभामुखले कार्यसूची अघि नबढाउँदै एमाले सांसदहरूको उठेर विरोध, एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेलले फौजदारी अभियोग प्रमाणित भइसकेको व्यक्तिलाई मन्त्री बनाइएको भन्दै मन्त्री थापाको राजीनामा माग, अपराध पुष्टि भइसकेका व्यक्ति सार्वजनिक पदमा बस्न नपाउने तर्क राख्दै नेता कँडेलले सरकारले निर्णय नसच्याउँदासम्म बैठक अगाडि नबढ्ने अडान ।

७. सर्वोच्च अदालतद्वारा अत्यावश्यक वस्तुको होम डेलिभरी नरोक्न अन्तरिम आदेश, न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहितका सरोकारवालालाई होम डेलिभरी नरोक्न अन्तरिम आदेश, सर्वोच्चले कोभिड संकट व्यवस्थापनको लागि बनेको अध्यादेशले समेत अत्यावश्यक बाहेकका सेवालाई मात्रै नियन्त्रण गर्ने उद्देश्य राखेको भन्दै अदालतद्वारा होम डेलिभरी खुलाउन आदेश ।

८. बैंकिङ्गमा करेक्सन आँउदा नेप्से बढ्न सकेन, फाइनान्स र विकास बैंकमै फर्कियो लगानीकर्ताको आकर्षण, गत एक सातामा बैंकहरुको निक्षेप १२ अबले बढ्दा कर्जा लगानी ८ अर्बले बढ्यो, किसानद्वारा सातै प्रदेशमा सरकारको नीति, कार्यक्रम र बजेटमा सुझाव पेस, संघीय बजेटमा असन्तुष्टि, कंक्रिट सडक निर्माणको नीतिगत बाटो खुला, सिमेन्ट उद्योगको नाफा बढ्ने ।

९. फिफा विश्वकप छनोटको चरणको खेलमा नेपालले आज राति बलियो टिम जोर्डनसँग प्रतिस्पर्धा गर्दै, कुवेतमा हुने खेलले नेपालको युवा टिमको खास परिक्षण गर्ने, खेल राति पौने १० बजे शुरु हुने, पहिलो खेलमा चाइनिज ताइपेइलाई दुई शुन्यले पराजित गरेको नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले जोर्डनसँगको खेलका लागि टिम तयार रहेको दावी, युरोकपका लागि युक्रेनको जर्सीमा देशको नक्सा समावेश ।

१०.र, १८ वर्षमाथिका नागरिकलाई निशुल्क कोरोनाको खोप लगाउने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको घोषणा, भारतको राजधानी दिल्लीमा खुल्यो मेट्रो सेवा, पछिल्लो २४ घण्टामा २ हजार ४२७ को मृत्यु, पाकिस्तानमा रेल दुर्घटना हुँदा कम्तिमा ३० जनाको मृत्यु, ५० जना घाइते, आतंकवादी समूह बोकोहरामका नेता अबुबाकरको मृत्यु भएको सेनाको दावी, थाइल्यान्डमा पनि उत्पादन हुन थाल्यो अस्ट्राजेनिका खोप, चीनमा कोइला खानीमा ग्यास विस्फोट हुँदा आठ जना बेपत्ता ।

प्रतिक्रिया दिनुहोस्