Logo
Logo

को–को छन् मन्त्रीको दौडमा ?


दृष्टि संवाददाता


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सात वटा महत्वपूर्ण मन्त्रालय आफैंसँग राखेका छन् । ती मन्त्रालयमा मन्त्री हुनका लागि दर्जनौं नेताको दौडधुप चलिरहेको छ ।

गृह, रक्षा, बाणिज्य, वन, सञ्चार, कृषि र सङ्घीय मामिला मन्त्रालय ओलीले आफैंसँग राखेका छन् । गत साता मन्त्रिपरिषद् पुनःगठन गर्दा उनले मधेसी दलका १० नेतालाई मन्त्री बनाए । बाँकी ६ वटा मन्त्रालयमा एमाले मन्त्री छन् । मन्त्रिपरिषद् अधिकतम २५ जनासम्म विस्तार गर्न पाइने संवैधानिक प्रावधान छ । जसअनुसार अझै सात मन्त्री र एक राज्मन्त्री नियुक्त हुन सक्छन् ।

रिक्त रहेका केही मन्त्रालयमा माधव नेपाल पक्षका नेताहरुलाई तानेर मन्त्री बनाउने ओली पक्षको रण्नीति छ । त्यसैका लागि उनले आइतबार पार्टीलाई २०७५ को जेठ ३ मा पु¥याउन तयार भएको भनेर बिज्ञप्ती निकालेका छन् । माधव पक्षका केहीलाई तान्न सक्दा सर्वाेच्च अदालतमा परेको मुद्दा कमजोर हुने ओली पक्षको आँकलन छ ।

त्यस्तै, त्यसमा एमालेतर्फ लागेका पूर्व माओवादी नेताहरुको पनि दाबी छ । सर्वाेच्च अदालतको आदेशले सात मन्त्री हटेपछि उनीहरु अब सांसद नभएसम्म मन्त्री हुन पाउँदैनन् । सो समूहमा मन्त्री हुने हैसियत भएका अन्य नेता छैनन् । जसकारण अहिले बादल समूहलाई समस्या परेको छ ।

अर्काेतर्फ ओली निकटकै अन्य एमाले नेताहरुको जोडबल पनि चलिरहेको छ । निरु पालदेखि महेश बस्नेतसम्म मन्त्री हुने दौडमा छन् ।

यसरी दौडधुपमा रहेका नेतामध्ये एक नारदमुनी राना हुन् । रातो पासपोर्ट दुरुपयोग प्रकरणले चर्चामा आएका राना कांग्रेस नेतृ आरजु देउवालाई चुनाव हराएर थप चर्चा कमाए । तर, उनको समस्या के छ भने रातो पासपोर्ट दुरुपयोगसम्बन्धि मुद्दामा अदालतले दोषी ठहर गरेको छ । सर्वाेच्च अदालतमा मुद्दा विचाराधिन छ ।

२०६४ मा पहिलो संविधानसभा सदस्य भएपछि नारदमुनि रानाले १० लाखमा कूटनीतिक राहदानी(रातो पासपोर्ट) बिक्री गरेका थिए । उनले घुस लिएर अष्ट्रेलिया जानका लागि पासपोर्ट दुरुपयोग गर्न दिएका थिए । २ वटा पासपोर्ट लिएर एउटा पासपोर्ट बिक्री गरी अष्ट्रेलिया उडाएका थिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले उनलाई पक्राउ गरेर मुद्दा चलाएको थियो । पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फेरि मुद्दा चलायो । २६ साउन २०७२ मा विशेष अदालतले रानालाई दोषी ठहर गरिसकेको छ । २०७४ को निर्वाचनमा कैलाली–५ बाट निर्वाचित भएका रानाको मन्त्री हुन दौडधुप बढेको छ ।

त्यस्तै महेश बस्नेत, शान्ता चौधरी, निरु पालसमेत मन्त्रीको दौडमा छन् । बस्नेत सकेसम्म गृहमन्त्री नै हुने दाउमा छन् । मन्त्री हुने लोभमै शान्ता चौधरीले सामाजिक सञ्जालमा ओलीको प्रशंसा र माधव नेपाल पक्षलाई चर्काे गोली गर्दै आएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्