Logo
Logo

सबैलाई समेटेर अघि बढ्ने मुख्यमन्त्री भट्टको प्रतिवद्धता


दृष्टि संवाददाता


काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले आफूले पाएको विश्वासका आधारमा आगामी दिनमा अघि बढ्ने बताएका छन् ।

विश्वासको मत प्रदान गरेकोमा प्रदेशसभा सदस्यहरुलाई धन्यवाद दिँदै मुख्यमन्त्री भट्टले विश्वासको मतको आधारमा अघि बढ्ने प्रतिकृया दिएका हुन् ।

विश्वासको मत पाएपछि पत्रकारहरुसँग कुरा गर्दै मुख्यमन्त्री भट्टले संविधान, लोकतन्त्र, राष्ट्रियता, संसदीय प्रणालीको विकास गर्ने तथा जनताले दिएको मतअनुसार काम गर्ने नै आफ्नो मुख्य प्राथमिकता रहने बताए ।

सुदूरपश्चिम प्रदेशलाई तीन वर्षभन्दा लामो समयदेखि नेतृत्व गरेको र यस क्रममा सबै पक्षलाई साथ लिएर हिँडेको स्मरण गरेका गरेका मुख्यमन्त्री भट्टले आगामी दिनमा समेत सबैलाई समेटेर अघि बढ्ने प्रतिवद्धतासमेत व्यवक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्