Logo
Logo

सिडिओको ध्यान पैसामा


दृष्टि संवाददाता


काठमाडौं । अवकाशको मुखमा रहेका कर्मचारीलाई महत्वपूर्ण जिम्मेवारी दिंदा काममा कमजोर तथा बिकृतीमा बढावा हुने गरेको छ । दाङका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेललाई हेर्दा पनि त्यो थाहा हुन्छ । एक महिनापछि अनिवार्य अवकाश पाउन लागेका सिडिओ पौडेल अवैध गिट्टी ढुंगा खानी सञ्चालन गर्न दिएपछि विवादमा तानिएका छन् ।

निषेधाज्ञाको समयमा दाङका विभिन्न नदी तथा खोलामा अवैध रुपमा ढुंगा, गिट्टी तथा बालुवाटा निकालेर बिक्रि गरिएको थियो । त्यस विषयमा बाहिर हल्ला भएपछि हालै उत्खनन रोकिएको छ । तर, सिडिओ पौडेललाई कारबाही गरिएको छैन । उनी २० असारमा अवकाश पाउँदैछन् ।

सिडिओ मात्र होइन दाङका एसपी गणेश चन्द समेत अनेक आर्थिक विवादमा पर्दै आएका छन् । तैपनि उनलाई पनि सरुवा गरिएको छैन ।

कारागार व्यवस्थापन विभागका महानिर्देशक रहेका द्रोण पोखरेलले पनि हालै अवकाश पाएका छन् । उनले पनि प्रजातन्त्र दिवसको बेला कैदी छाड्दा चलखेल गरेको स्रोत बताउँछ । अवकाशको मुखमा रहेका कर्मचारीलाई महत्वपूर्ण जिम्मेवारी दिंदा उनीहरु लोभिने गरेका छन् । जसकारण विकृती बढ्ने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्