Logo
Logo

मुख्यमन्त्री भट्टले विश्वासको मत पाएपछि भीम रावल खुसी


दृष्टि संवाददाता


काठमाडौं । नेकपा एमाले माधवकुमार नेपाल पक्षका नेता भीम रावलले सुदूरपश्चिम प्रदेशमा विश्वासको मत लिन सफल भएकोमा त्रिलोचन भट्टलाई बधाई दिएका छन् ।

५२ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री भट्टलाई विश्वासको मतका लागि २७ मत चाहिएको थियो । उनले ३० मत पाएका थिए । मुख्यमन्त्री भट्टलाई नेता नेपाल पक्षका १७ सांसदले विश्वासको मत दिएका थिए । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली पक्ष ७ सांसद भने विपक्षमा मत दिएका थिए ।

मुख्यमन्त्री भट्टले विश्वासको मत लिनुपर्ने कुरा जेठ २१ गते प्रदेश सभामा उठेपछि त्यसको चार दिनमै विश्वासको मत लिएकोमा पनि रावलले बधाइ दिएका हुन्। यसबाट विधि र पद्धति नमान्नेहरूले शिक्षा लिनुपर्ने रावलको जोड छ।

ट्विट गर्दै नेता रावलले भनेका छन्, ‘विधि, विधान र पद्धति मिच्नेहरूले उहाँबाट राजनीतिक नैतिकताको केही शिक्षा लिने कि ? सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मत लिनुपर्ने कुरा जेठ २१ गते उठेपछि जेठ २५ गते नै विश्वासको मत लिने प्रस्ताव गरी सभाको विश्वास प्राप्त गर्नुभएकोमा मुख्यमन्त्री त्रिलोचन भट्टजीलाई हार्दिक बधाई।’

प्रतिक्रिया दिनुहोस्