Logo
Logo

कोरोनाबाट थप १०८ जनाको मृत्यु, ५ हजार १५३ जना संक्रमित


दृष्टि संवाददाता


काठमाडौं । कोरोना भाइरस संक्रमणबाट थप १०८ जनाको मृत्यु भएको छ । योसँग नेपालका कोरोना संक्रमणाबाट मृत्यु हुनेको संख्या ८ हजार ९८ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ हजार १५३ जना संक्रमित थपिएका छन् । पीसीआर विधिबाट १२ हजार ६५ जनाको परीक्षण गर्दा ३ हजार ८७० र एन्टिजेन विधिबाट ५ हजार ६११ जनाको परीक्षण गर्दा जम्मा १ हजार २८३ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या ५ लाख ९५ हजार ३६४ पुगेको । गत २४ घण्टामा हजार ५७० जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ५ लाख ४ हजार ५३० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्