Logo
Logo

हस्ताक्षर बुझाउन महन्थ ठाकुरले मागे थप एक साता


दृष्टि संवाददाता


काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर पक्षले निर्वाचन आयोगसँग केन्द्रीय कार्यकारिणी समितका सदस्यको हस्ताक्षर बुझाउन एक साताको समय मागेको छ । कोरोना महामारीको कारण देखाउँदै यादव पक्षले एक साताको समय दिन माग गरेको हो ।

गत जेठ १८ गते जसपाका अध्यक्ष उपेन्द्र यादवले अर्का अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई दलबाट निष्कासन गरी दलको दर्ता किताबमा रहेको विवरण सच्याउन निर्वाचन आयोगलाई आग्रह गरेका थिए । त्यसै दिन अध्यक्ष महन्थ ठाकुरले पनि अर्का अध्यक्ष उपेन्द्र यादवलाई निष्कासन गरी दलको दर्ता किताबको विवरण सच्याउन आग्रह गरेका थिए ।

तर, आयोगले दुवैलाई राजनीतिक दलसम्बन्धी नियमावली २०७४ को अनुसूची १८ बमोजिमको ढाँचामा कागजपत्र पेश गर्दै केन्द्रीय कार्यकारिणी समितिको हस्ताक्षरसमेत पेश गर्न भनेको थियो भने अध्यक्ष ठाकुरसँग केन्द्रीय कार्यकारिणी समितिको पदाधिकारीको हस्ताक्षर पनि माग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्