Logo
Logo

उपत्यकामा जोर-विजोरको तयारी


दृष्टि संवाददाता


काठमाडाैं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण घट्न थालेपछि निषेधाज्ञा खुकुलो बनाउने गरी गृह मन्त्रालयले छलफल सुरु गरेको छ । मंगलबार काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीसँग छलफल गर्दै मन्त्रालयले निषेधाज्ञा खुकुलो बनाउने गृहकार्य थालेको हो ।

जेठ मसान्तमा निषेधाज्ञा सकिएपछि जोर–विजोर लगाउनेबारे पनि छलफल भएकाे छ । सार्वजनिक सवारीसाधन सञ्चालनमा राेक लगाउने तर निजीकाे हकमा भने जाेर विजाेर गराउनेबारे पनि परामर्श भइरहेकाे छ । यद्यपि तत्काल सार्वजनिक सवारी चाहिँ चल्न दिनु नहुने तीनै जिल्लाका प्रमुखकाे निष्कर्ष छ ।

 निषेधाज्ञाको मोडालिटीको विषयमा २९ जेठमा निर्णय हुने समेत बताइएकाे छ । तत्काललाई उत्पादन र कृषि क्षेत्र, पाठ्यपुस्तक ढुवानी जस्ता कार्यमा समस्या देखिएकोले सुरूमा ति क्षेत्र खाेल्ने सरकारकाे तयारी छ ।

प्रतिक्रिया दिनुहोस्