Logo
Logo

सरकारी वकिलले उठाएकाे प्रश्नमा न्यायाधीशकाे राय तयार


दृष्टि संवाददाता


काठमाडाैं । प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको सुनुवाइका सन्दर्भमा आफूमाथि प्रश्न उठेपछि न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले त्यसका लागि बुधबार राय दिने भएका छन्।

न्यायाधीशद्वयले सोमबार नै इजलासमा आफ्नो राय सुनाउने तयारी गरेका थिए। तर, प्रधानन्यायाधीश राणालाई सन्चो नभएपछि हेर्दाहेर्दै रहेको मुद्दाको सुनुवाइ स्थगित भएपछि बुधबार राय दिन लागेका हुन् ।

गत आइतबारको सुनुवाइका क्रममा न्यायाधीशद्वय कार्की र भट्टराईमाथि महान्यायाधिवक्ता रमेश बडालसहित प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायीले प्रश्न उठाएका थिए। वरिष्ठ अधिवक्ता सुशील पन्त र अग्नि खरेलले दुवै न्यायाधीश इजलासबाट अलग हुनुपर्ने तर्क गरेका थिए।

संवैधानिक इजलासको अन्तर्राष्ट्रिय अभ्यास, न्यायाधीशहरुमाथि उठाइने प्रश्न ‘रिक्युजल’को अन्तर्राष्ट्रिय अभ्यास र सरकारी पक्षले यसको सुविधा पाउने/नपाउने कुरा समेत उक्त आदेशमा विस्तृत रुपमा उल्लेख गरिएको छ। 

अघिल्लो पटक जेठ १४ गते पिक एण्ड चुज शैलीमा इजलास गठन गरेका प्रधानन्यायाधीशले कानुन व्यवसायीले प्रश्न उठाएको र इजलासका न्यायाधीशकै बीचमा विवाद भएपछि वरिष्ठताका आधारमा पेशी तोकेका थिए।

प्रतिक्रिया दिनुहोस्