Logo
Logo

गण्डकीका मुख्यमन्त्रीले बिहीबार विश्‍वासको मत लिने


दृष्टि संवाददाता


काठमाडाैं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्‍वासको मत लिने भएका छन् । गुरुङले २७ गते बिहीबार विश्‍वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएका छन् । 

प्रदेश सभामा ठूलो दलको नेताको हैसियतले गुरुङले वैशाख २९ मा मुख्यमन्त्रीको शपथ लिएका थिए । अल्पमतको सरकार भएकाले उनले एक महिनाभित्र नै विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

विश्वासको मत लिँदा २ दिनअघि जानकारी दिनुपर्ने व्यवस्थाअनुसार पत्र सचिवालयमा दर्ता गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्