Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : कोरोना जित्ने बढेकाेदेखि शेयर बजारमा फेरि रेकर्डसम्म


दृष्टि संवाददाता


१. २४ घण्टामा देशभर ५ हजार १५३ जनामा कोरोना संक्रमण पुष्टि, २४ घण्टामा ६ हजार ५७० जना कोरोना संक्रमणमुक्त, देशभर गरी थप १०८ जनाको मृत्यु , नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ९८ पुग्यो, सरकारी डाक्टरले निजी अस्पतालमा काम गर्न नपाउने कार्यविधि लागू गरिंदै, कार्यविधिको चिकित्सक संघद्वारा विरोध, नेपालमा तत्काल खोप आपूर्ति गर्न दबाब दिँदै १६ बेलायती सांसदले लेखे विदेशमन्त्रीलाई पत्र ।

२. सर्वोच्च अदालतद्वारा मन्त्रिपरिषद् विस्तार र पुनर्गठनविरुद्ध परेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार, दुवै पक्षसँग छलफल गरेर अन्तरिम आदेश दिने वा नदिने टुंगो लगाउन १५ दिनभित्र विपक्षीलाई झिकाउने आदेश, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र राजकुमार सुवालसहित ६ जनाले दायर गरेको रिटमाथि मंगलवार भएको सुनुवाइपछि न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले विपक्षीसँग मन्त्रिपरिषद् पुनर्गठनको कारण पनि मागियो ।

३. प्रतिनिधि सभा विघटन मुद्दा सुनुवाइका लागि बुधबार तोकियो पेशी, प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको सुनुवाइका सन्दर्भमा आफूमाथि प्रश्न उठेपछि न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले त्यसका लागि दिने राय तयार, बुधबारको इजलासमा सुनाउने, करिब १० पेज भन्दा लामो आदेश तयार, न्यायाधीश कार्की र भट्टराई अलग भएमा राणाले उनीहरुको स्थानमा अन्य दुई न्यायाधीश रोष्टरबाट ल्याउन सक्ने ।

४. एमाले उपाध्यक्ष वामदेव गौतम समूहले २०७५ जेठ २ मा कायम रहेको स्थायी कमिटीको बैठक बोलाएर पार्टीका समस्या समाधान गर्न आग्रह, ओलीले एकताका लागि इमान्दार प्रयत्न नगरेको ठहर , झलनाथ खनाल–माधवकुमार नेपाल पक्षका सांसदले विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेको घटना पनि ओलीका अनेकौं विवाददित क्रियाकलापहरुसँग नै सम्बन्धित भएको ठहर , एकताबद्ध एमालेका लागि बैठक बोलाउन अपिल ।

५. लुम्बिनी प्रदेश सरकारद्वारा नीति तथा कार्यक्रम प्रस्तुत, कृषि, स्वास्थ्य र स्वास्थ्य क्षेत्रको विकासलाई प्राथमिकतामा, महामारीका कारण थला परेको अर्थतन्त्रलाई चलाउनमान बनाउन र नागरिकको जीवनस्तर उठाउने कार्यक्रम समेटिएको दावी, हावा भरिएको आकर्ष बेलुन भएको प्रतिपक्षको टिप्पणी, विवादकाबीच प्रदेश प्रमुखले मुख्यमन्त्रीमा शंकर पोखरेललाई नियुक्त गरेको भन्दै विपक्षी गठबन्धनद्वारा प्रदेश सभा बैठक बहिस्कार, मुख्यमन्त्रीको वैधानिकतामाथि नै प्रश्न उठाइयो ।

६. सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले पाए विश्वासको मत, ५२ सदस्य रहेको प्रदेशमा मुख्यमन्त्री त्रिलोचन भट्टलाई ३० सांसदले विश्वासको मत, विपक्षमा ९ मत, एमालेको माधव नेपाल पक्षधर १७ जना र माओवादी केन्द्रका १३ सांसदले पक्षमा मतदान, विश्वासको मत नदिने एमालेका सात जना सांसदलाई संसदीय दलका नेता प्रकाशबहादुर शाहले सोधे २४ घण्टे स्पष्टीकरण ।

७. गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने, २७ गते बिहीबार विश्वासको मत लिने प्रस्ताव संसद् सचिवालयमा दर्ता, प्रदेश सभामा ठूलो दलको नेताको हैसियतले गुरुङले वैशाख २९ मा मुख्यमन्त्रीको शपथ लिएपछि अल्पतमको सरकार भएकाले एक महिनाभित्र नै विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार मत लिन लागिएको भनाइ ।

८. नेप्से ३ हजार विन्दु नजिक, ३० भन्दा बढी कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार, शेयर कर्नरिङ्ग र सर्कुलर ट्रेडिङ्गको गुनासो आएपछि धितोपत्र बोर्डले अध्ययन थाल्यो, विदेशी लगानी भित्र्याउन राष्ट्र बैंकको पूर्व स्वीकृति लिनु नपर्ने, निर्देशिका जारी भएलगत्तै निजी क्षेत्रको संगठन नेपाल उद्योग परिसंघद्वारा स्वागत, कोरोना उपचारमा तोकिए भन्दा बढी शुल्क लिएको बारे अनुगमन गरेर कारबाही गर्न स्वास्थ्य मन्त्रालयद्वारा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्राचार ।

९. क्यानद्वारा खेलाडी वर्गीकरणमा ढिलाई, ३ महिनाको तलव गत सालकै आधारमा दिने तयारी, जापानको टोकियोमा आयोजना हुने ओलम्पिक खेलकुदमा सिरिया, इरान, दक्षिण सुडान, अफगानिस्तान र इरिट्रियाका २९ शरणार्थी खेलाडीले प्रतिस्पर्धा गर्ने, प्रतियोगिता सुरु भएको ६० वर्षको अवसरमा १६ औं संस्करणको युरोकप प्रतियोगिता युरोपका विभिन्न देशका ११ शहरमा आयोजना हुँदै, इटालीको रोममा हुने उद्घाटन खेलमा टर्की र इटाली भिड्ने ।

१०.र, कोरोना भाइरस उत्पत्तिबारे चीनलाई थप दबाब दिन नसकिने विश्व स्वास्थ्य संगठनको भनाइ, भारतमा दुई महिना यताकै कम संक्रमण, २४ घण्टामा ८७ हजारमा संक्रमित, एप मार्फत विश्वरभरबाट ८ सयभन्दा बढी अपराधी पक्राउ, ब्राजिलमा कोभिडबाट एकै दिन एकहजार भन्दा बढीको मृत्यु, गरीब मुलुकमा खोपको हाहाकार हुँदा धनी मुलुक खेर फाल्दै, तत्काल ठूलो परिमाणमा खोप उपलब्ध गराउन यूनिसेफको आग्रह, कुवेतमा चर्को घाममा काम लगाउने ६६ कम्पनीविरुद्ध उजुरी ।]

प्रतिक्रिया दिनुहोस्