कल्याणपुर नगरपालिकालाई माछापुच्छरेको सहयोग « Drishti News – Nepalese News Portal
Logo

कल्याणपुर नगरपालिकालाई माछापुच्छरेको सहयोग


दृष्टि संवाददाता


काठमाडौं । माछापुच्छरे बैंक लिमिटेडले सिराहाको कल्याणपुर नगरपालिकालाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकका अध्यक्ष डा. वीरेन्द्रप्रसाद महतोले स्वास्थ्य सामग्री कल्याणपुुर नगरपालिकाका कार्यबाहक मेयर रोहिणीकुमारी यादवलाई हस्तान्तरण गरेका हुन् ।

बैंकले नगरपालिकामा देखिएको कोरोना जोखिम न्यूूनीकरण तथा संक्रमितको उपचारका लागि निर्माण गरिएको आइसोलेसन सेन्टरका लागि आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको जनाएको छ । सहयोग गरिएका सामग्रीमा अक्सिजन कन्सन्ट्रेटर, थर्मल गन, स्यानिटाइजर डिस्पेन्सर, अक्सिमिटर, सर्जिकल मास्कलगायत रहेको बैंकले जनाएको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत गत वर्षदेखि महामारीका रूपमा फैलिँदै गएको कोरोना भाइरसको जोखिम न्यूनीकरण तथा संक्रमितको उपचारमा राहत पुगोस् भन्ने उद्देश्यका साथ नेपाल सरकार, प्रदेश सरकार तथा स्थानीय संघ–संस्थालाई विभिन्न समयमा विभिन्न सहयोग गर्दै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्