Logo
Logo

प्रधानमन्त्रीसहित शीर्ष नेतालाई सभामुखले छलफलमा बोलाए


दृष्टि संवाददाता


काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री तथा दलका शीर्ष नेताहरुसँग छलफल गर्ने भएका छन् । प्रतिनिधि सभा विघटनपछि विभिन्न क्षेत्रका व्यक्तिहरुसँग भेटघाट, छलफल र परामर्श गरिरहेका सभामुख सापकोटाले शुक्रबार दलका नेताहरूसँग छलफल गर्ने भएका हुन् ।

सभामुखले प्रधानमन्त्रीसहित नेताहरुलाई पत्र लेखी समसामयिक विषयमा छलफल गनुपर्ने भन्दै जेठ २८ गते संघीय संसद भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बोलाएका हुन् ।

यसअघि सभामुख सापकोटाले जेठ ११ गते पूर्वसभामुखहरुसँग छलफल गरेका थिए । छलफलमा पूर्वसभामुखहरु रामचन्द्र पौडेल, तारानाथ रानाभाट, ओनसरी घर्ती र कृष्णबहादुर महरासँग छलफल गरेका थिए

। रानाभाट भने भर्चुअल माध्यमबाट छलफलमा जोडिएका थिए । छलफलमा सहभागीहरुले प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई असंवेधानिक भनेका थिए ।

प्रतिनिधि सभा विघटन गर्ने कदमलाई सभामुख सापकोटाले असंवैधानिक र अलोकतान्त्रिक भनिसकेका छन् । जेठ ७ गते मध्यरात ८ गते विघटन भएपछि सोही दिन उनले वक्तव्य जारी गर्दै भनेका थिए– ‘संविधानको धारा ७६ (५) अनुसार वैकल्पिक सरकार गठनका लागि वस्तुगत आधार पेश भइसकेको अवस्थामा प्रधानमन्त्री नियुक्त गर्ने विकल्प रहँदा रहँदै सार्वभौम प्रतिनिधि सभा विघटनको निष्कर्षमा पुग्नु कदापि स्वाभाविक र संवैधानिक कदम मान्न सकिने अवस्था रहँदैन ।

प्रतिक्रिया दिनुहोस्