Logo
Logo

संवैधानिक इजलासद्वारा ‘एमीकस क्युरी’ झिकाउन आदेश


दृष्टि संवाददाता


काठमाडाैं । प्रतिनिधिसभा विघटन मुद्दामा अन्तिम सुनुवाइका लागि संवेधानिक इजलासले ’एमीकस क्युरी’ झिकाउन आदेश दिएको छ । संवैधानिक इजलासद्वारा एमीकस क्युरीका लागि नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बारबाट दुई–दुई जना वरिष्ठ अधिवक्ताको नाम झिकाउन आदेश दिएको हो ।

बुधबारको सुनुवाइपछि जारी आदेशमा ४ सदस्यीय एमीकस क्युरीको नाम झिकाउन भनिएको छ । इजलासले मुद्दामा सहयोगका लागि नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोयिनसँग गरेर चार जना एमिकस क्युरी झिकाउन भनेको हो ।

एमिकस क्युरीका एक जनाले बढीमा आधा घण्टा गरी दुई घण्टा बहस गर्न पाउनेछन् । यो मुद्दामा बहस गर्ने सबै कानुन व्यवसायी र एमिकस क्युरीलाई असार १० गतेसम्म बहस नोट दिन संवैधानिक इजलासले आदेश दिएको छ ।

इजलासले आफू समक्ष विचाराधीन रहेको कुनै मुद्दाको प्रकृति र गम्भीरतालाई विचार गरी कुनै विषयमा विशेष ज्ञान र अनुभव रहेको कानुनको प्राध्यापक, कानुन व्यवसायी र विषयविज्ञ वा त्यस्तो विषयमा विशेष योगदान पुर्‍याएको कुनै व्यक्तिलाई इजलासको सहयोगी ९एमीकस क्युरी० को रूपमा झिकाई निजको राय लिन सक्नेछ ।

पुस ५ गतेको प्रतिनिधिसभा विघटनपछिको मुद्दामा ५ सदस्यीय एमीकस क्युरी गठन गरिएको थियो । यसपटक चार जनाको मात्रै एमीकस क्युरी गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्