Logo
Logo

केन्द्रको निर्देशन पालना गरेको ओली पक्षको जवाफ


दृष्टि संवाददाता


धनगढी । नेकपा एमालेको सुदूरपश्चिम प्रदेशसभा सदस्यले पार्टीको निर्देशन अनुसार नै मुख्यमन्त्रीविरुद्ध मतदान गरेको जवाफ दिएका छन् । संसदीय दलका नेता प्रकाशबहादुर शाहले सोधेको २४ घण्टे स्पष्टीकरणको जवाफ दिंदै सात जना प्रदेशसभा सदस्यले पार्टी केन्द्रको निर्देशन पालना गरेर मुख्यमन्त्रीविरुद्ध मतदान गरेको बताएका हुन् ।

मंगलबार एमाले संसदीय दलका नेता प्रकाशबहादुर शाहले दलको ह्वीप विपरीत प्रदेशसभामा मुख्यमन्त्रीको विश्वासको मतको प्रस्तावको विपक्षमा मत हालेको भन्दै ओली पक्षीय सात जनालाई स्पष्टीकरण सोधेका थिए । प्रदेश संसदीय दलको विधान केन्द्रीय कमिटीबाट अनुमोदन भइनसकेको अवस्थामा सोधिएको स्पष्टीकरणको कुनै अर्थ नहुने समेत उनीहरुले उल्लेख गरेका छन् ।

उनले चित्त बुझ्दो जवाफ प्राप्त नभएमा कारबाही गर्ने चेतावनी समेत दिएका थिए । प्रदेश संसदीय दलको कार्यालयले अहिले स्पष्टीकरण पत्रमाथि अध्ययन भइरहेकाले आवश्यक निर्णय त्यसपछि मात्र लिने जनाएको छ ।

प्रदेशसभा सदस्यहरु पठानसिंह बोहरा, लीलाधार भट्ट, रतन थापा, माया तामाङ, ग्याल्बु बोहरा, नेपालु चौधरी र बलदेव रेग्मीलाई स्पष्टीकरण सोधिएको हो । प्रदेशसभा सदस्यहरु पठानसिंह बोहरा, लीलाधार भट्ट, रतन थापा, माया तामाङ, ग्याल्बु बोहरा, नेपालु चौधरी र बलदेव रेग्मीलाई स्पष्टीकरण सोधिएको थियो ।

प्रतिक्रिया दिनुहोस्