Logo
Logo

प्रदेश २ सरकारमा कांग्रेस र माओवादी पनि सहभागी, केहीबेरमा सपथ


दृष्टि संवाददाता


काठमाडाैं । प्रदेश न. २ मा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र सरकारमा सहभागी हुने भएको छ। कांग्रेसलाई प्रदेश सरकारको तीन र माओवादीलाई २ मन्त्रालय दिने सहममति भएको छ।

सहमतिपत्रमा लोकतन्त्र, संघीयता, समावेशी समानुपातिक र प्रादेशिक अधिकारको संरक्षण र सम्बर्द्धन तथा सुदृढिकरण गर्न लालबाबु राउत नेतृत्वको सरकारमा सहभागी हुने उल्लेख छ ।

यस्तै प्रादेशिक आवश्यकता र विज्ञहरुको रायसहित मन्त्रिपरिषद्को संरचना र कार्यविभाजनलाई अझ वैज्ञानिक बनाइ मन्त्रिपरिषद् थपघट गर्नै सकिने पनि सहमतिपत्रमा उल्लेख छ । 

कांग्रेसको तर्फबाट रामसरोज यादवको नेतृत्वमा, ओमप्रकाश शर्मा र वीरेन्द्र सिंह मन्त्री बन्दैछन्। यादवलाई भौतिक, शर्मालाई खानेपानी तथा सिँचाई र सिंहलाई सञ्चार मन्त्रालयको जिम्मा दिने सहमति भएको छ।

यस्तै माओवादी केन्द्रको तर्फबाट भरत साह र जगत यादव मन्त्री बन्ने लगभग पक्का भएकाे छ । मन्त्रीहरूले केहीबेरमा शपथ ग्रहण गर्दैछन् । ।

प्रतिक्रिया दिनुहोस्