Logo
Logo

परराष्ट्रमन्त्री रघुवीर महासेठलाई भारतीय समकक्षीकाे बधाई


दृष्टि संवाददाता


काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले नेपाली समकक्षी रघुवीर महासेठलाई बधाई दिएका छन् । भारतीय राजदूत विनयमोहन क्वात्रामार्फत भारतीय विदेशमन्त्री जयशंकरले परराष्ट्रमन्त्री महासेठलाई बधाई दिएका हुन् ।

बुधबार शिष्टाचार भेट गर्दै भारतीय राजदूत क्वात्राले सन्देश सुनाएका थिए । भेटमा महासेठले खोप आयात र कोभिड–१९ महामारीविरुद्ध मिलेर लड्ने विषयमा छलफल गरेका थिए ।

२०७२ सालमा संविधान जारी हुनु एक दिन अगाडी तत्कालीन विदेश मन्त्रालयका सचिवका रूपमा नेपाल आएका जयशंकरले संविधान जारी नगर्न लबिङ गरेका थिए ।

मधेश केन्द्रित दललाई नाकाबन्दी गर्न समेत उक्साएको आरोप लाग्दै आएका जयशंकरले मधेश केन्द्रित दलसमेत सहभागी भएको सरकारका नयाँ परराष्ट्रमन्त्रीलाई शुभकामना र बधाई सन्देश पठाउनुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्