Logo
Logo

वागमती प्रदेशकाे नीति तथा कार्यक्रम भाेलि


दृष्टि संवाददाता


मकवानपुर । वागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बिहीवार सार्वजनिक गर्ने भएको छ। बिहीवार दिउँसो ३ बजेको लागि प्रदेशसभा बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ।

अर्थ मन्त्रालयका अनुसार आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा कोभिडलाई प्राथमिकतामा राखिएको छ। यसअघि आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सदनमा पेश गरेर छलफल भएको थियो।

सोही आधारमा नीति तथा कार्यक्रम आउने सांसदले अनुमान गरेका छन्।

प्रतिक्रिया दिनुहोस्