Logo
Logo

मुख्यमन्त्रीलाई विश्वासकाे मत नदिन गण्डकीमा ह्वीप


दृष्टि संवाददाता


काठमाडाैं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार लिने विश्वासको मतको विपक्षमा उभिनका लागि दलहरुले आ–आफ्ना सांसदलाई ह्वीप जारी गरेका छन् ।

बुधबार गण्डकी प्रदेशसभाअन्तर्गत नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को संसदीय दलका छुट्टाछुट्टै बसेका बैठकले ह्वीप जारी गरेका हुन् ।

नेकपा (एमाले) ले पनि विश्वासको मतको पक्षमा उभिनका लागि आफ्ना सांसदलाई ह्वीप जारी गरेकाे छ । जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले पनि विश्वासको मतको विपक्षमा उभिनका लागि आफ्ना सांसदलाई ह्वीप जारी गरेको छ ।

मुख्यमन्त्रीले बिहीबार १२ बजेपछि विश्वासको मत लिने तय भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्