Logo
Logo

दृष्टिका १० हेडलाइन्स् : गाउँगाउमा कोरोना बढेकोदेखि सर्वोच्चले संसद विघटनको कारण मागेकोसम्म


दृष्टि संवाददाता


हेडलाइन्स् :

१. देशभर २४ घण्टामा ४ हजार ३ सय ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या ५ लाख ९८ हजार ८ सय १३ पुग्यो, २४ घण्टामा ५ हजार ७६८ कोरोना संक्रमणमुक्त, थप ८१ जनाको मृत्यु, गाउँगाउँमा कोरोनाको संक्रमण फैलिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पुष्टि, देशभर १ हजार ६ सय ८७ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा, स्वास्थ्यमन्त्री शेरबहादुर तामाङद्वारा मातातीर्थ सामुदायिक अस्पतालको अक्सिजन प्लान्ट उद्घाटन ।

२. प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको कारण देखाउ आदेश जारी, अब ’मूल रिट निवेदन’ को अन्तिम सुनुवाइ ३२ घण्टामा सकिने, राष्ट्रपति र प्रधानमन्त्री कार्यालयबाट प्रतिनिधिसभा विघटनसम्बन्धी कागजात ७ दिनभित्र अनिवार्य झिकाउन आदेश, संवैधानिक इजलासद्वारा एमीकस क्युरी गठन गर्न आदेश, सर्वोच्च अदालत बार र नेपाल बार एशोसिएसनबाट दुई–दुई गरी चारजना वरिष्ठ अधिवक्ता मागिए ।

३. प्रतिनिधिसभाका सभामुख अग्निसापकोटाले संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूको बैठक बोलाए, प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि लिखित निमन्त्रणा, समसामयिक विषयमा छलफल गर्नका लागि बैठकको आयोजन गरिएको भनाइ, बैठक शुक्रबार संघीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बस्ने ।

४. भदौमा पार्टीको १४ औं महाधिवेशन हुनेमा शंका नगर्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको आग्रह, भदौमा पनि महाधिवेशन नगराइ पार्टीलाई जोखिममा धकेल्ने काम नेतृत्वबाट हुन लागेको भन्दै पार्टीको संस्थापन पक्षको भने आशंका, कसैले महाधिवेशन गर्न चाहेको र कसैले नचाहेको देखाउने गरी आएका अभिव्यक्तिप्रति देउवाको आपत्ति, महाधिवेशन सम्पन्न गर्ने बारे भ्रममा नपरी आ–आफ्नो स्थानबाट दत्तचित्त भएर लाग्न आग्रह ।

५. प्रदेश २ सरकारमा नेपाली कांग्रेस पनि सहभागी, कांग्रेसका प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा ओमप्रकाश शर्मा र वीरेन्द्र सिंहले लिए पद तथा गोपनीयताको सपथ, यादवलाई भौतिक, शर्मालाई खानेपानी तथा सिँचाई र सिंहलाई सञ्चार मन्त्रालयको जिम्मा, माओवादी केन्द्रको तर्फबाट भरत साह र जगत यादव पनि मन्त्रीमा नियुक्त हुने भनेपनि मन्त्रालयकाे भागवण्डा नमिल्दा तत्काल सरकारमा सहभागी नहुने ।

६. उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री रघुवीर महासेठलाई भारतीय समकक्षी एस जयशंकरको बधाई, भारतीय राजदूत विनयमोहन क्वात्राले शिष्टाचार भेट गर्दै सुनाए सन्देश, भेटवार्तामा खोप आयात र कोभिड–१९ महामारीविरुद्ध मिलेर लड्ने विषयमा छलफल ।

७. गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार विश्वासको मत लिँदै, विश्वासको मतको विपक्षमा उभिनका लागि कांग्रेस र माओवादीद्वारा ह्वीप जारी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले पनि विश्वासको मतको विपक्षमा उभिनका लागि आफ्ना सांसदलाई दिए ह्रवीप, एमालेले भने ह्वीप जारी गर्न बाँकी ।

८. बिक्रीकर्ता हाबी भएपछि ३ हजार विन्दु माथि पुगेको बजारमा अन्त्यमा करेक्सन, ८ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार, एफएनसीसीआई, सिएनआई र चेम्बरद्वारा संयुक्त रुपमा सरकारलाई कर नबुझाउनेलाई जरिवाना नगर्न आग्रह, पुनर्बीमा दलालको पूँजी निर्धारण गरी दर्ता तथा नियमनको व्यवस्था मिलाई पुनर्बीमा बजारको विकास गर्न आवश्यक रहेकोले बीमा ऐन २०४९ अनुसार निर्देशिका जारी ।

९. नेपाल क्रिकेट संघ क्यानले दुई दशकमा पहिलो पटक आर्थिक कार्यविधि परिमार्जन गरेर पारित, राष्ट्रिय खेलाडीले प्रति एकदिवसीय १० र टी–ट्वान्टीमा ५ हजार पाउने, प्रिमियर लिगद्वारा युरोपियन सुपर लिग (ईएसएल) नामको नयाँ प्रतियोगितामा आबद्द भएका ६ क्लबलाई जरिवाना, ईएसएलको घोषणा गर्दा स्थापक क्लबमा रहेका म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाईटेड, आर्सनल, चेल्सी, लिभरपुल र टोटेनहमलाई जरिवाना, खेल क्षेत्रको लागि कोभिड–१९ को खोप उपलब्ध गराउन नेपाल खेलकुद महासंघको माग ।

१०.र, भारतमा २४ घण्टामा थपिए ९१ हजार संक्रमित, विश्वमा सक्रिय संक्रमितको संख्या १ करोड २५ लाख ३७ हजारभन्दा बढी, सन् २०२१ मा विश्वको आर्थिक वृद्धि ५.६ प्रतिशत रहने विश्व बैंकको अनुमान, कम्युनिष्ट शासन पतनपछि मंगोलियामा छैटौं पटक राष्ट्रपतिका लागि निर्वाचन, फाइजरको खोपबाट विश्वका करोडौं बालबालिका लाभान्वित हुने, भारतमा बस र लोडर ठोक्किँदा १७ जनाको मृत्यु, १० घाइते ।

प्रतिक्रिया दिनुहोस्