Logo
Logo

ओली सामन्तवादको नाइके बनेकाे झलनाथ खनालकाे आरोप


दृष्टि संवाददाता


काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता झलनाथ खनालले केपी ओलीले पार्टी एकताको लागि गरेको आग्रहलाई राजाको अपीलसँग तुलना गरेका छन् ।

‘वर्तमान राजनीतिक संकट, भावी चुनौती र विद्यार्थीहरुको भूमिका’ विषयक भर्चुअल छलफलमा बोल्दै नेता खनालले ओलिको ६ बुँदे आह्वान राजामहाराजको इतियार जस्तो भएको टिप्पणाी गरेका हुन् ।

ओली सामन्तवादको नाइकेजस्तो बन्न थालेको खनालको टिप्पणी छ । उनले थपे, ‘सामान्तवादी शासनमा एउटाले शासन गर्छ, अरुले उसको आदेश चुपचाप सुनेर मान्छ, ओली ठिक त्यही बाटोमा अघि बढे ।’

तीन वर्षमा १८ पटक मन्त्रिपरिषद पुनर्गठन भएको, नागरिकता वितरण चकलेट होइन भनेको तीन वर्षपछि आफैंले अध्यादेश ल्याएर राष्ट्रघात गरेको आरोप खनालले ओलीमाथि लगाएका छन् ।

एमाले नेपाल–खनाल निकट अनेरास्ववियुको केन्द्रीय कमिटीले आयोजना गरेको भर्चुअल कार्यक्रममा सम्बोधन गर्दै खनालले अस्थिरता र अराजकताको कारण ओलीको विस्थापनपछि मात्र संकटको समाधान हुने दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्