Logo
Logo

नवनियुक्त सात मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ


दृष्टि संवाददाता


काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारमा नवनियुक्त सात मन्त्री र एक राज्यमन्त्रीले सपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सात मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

शपथसँगै ओली नेतृत्वको सरकारले पूर्णता पाएको छ । ओलीले बिहीबार जनता समाजवादी पार्टी (जसपा) र पूर्वमाओवादी खेमाका नेतालाई मन्त्री बनाएका हुन् । ओलीले मन्त्री र राज्यमन्त्री गरी थप आठ जनालाई सहभागी गराई २५ सदस्यीय मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।

प्रधानमन्त्री ओलीको २५ सदस्यीय मन्त्रिपरिषदमा तीन जना उपप्रधानमन्त्री छन् । जसमा विष्णु पौडेल उपप्रधानसहित अर्थ, राजेन्द्र महतो सहरी विकास, रघुवीर महासेठ परराष्ट्र मन्त्री छन् ।

यस्तै, खगराज अधिकारी गृहमन्त्री छन् भने शरदसिंह भण्डारी ऊर्जा तथा जलस्रोत, कृष्ण गोपाल श्रेष्ठ शिक्षा, अनिल कुमार झा खानेपानी, शेरबहादुर तामाङ स्वास्थ्य तथा जनसंख्या मन्त्री कायम भएका छन् ।

यस्तै राजकिशोर यादव उद्योगमन्त्री, लक्ष्मणलाल कर्ण भूमि व्यवस्था तथा सहकारी, बसन्त कुमार नेम्वाङ भौतिक पूर्वाधार, लिलानाथ श्रेष्ठ कानुन मन्त्रीमा कायम हुँदा पुर्वगृहमन्त्री रामबहादुर थापा बादल पत्नी नैनकला थापा सञ्चारमन्त्री बनेकी छन् ।

ज्वाला कुमारी साह कृषि, विमल प्रसाद श्रीवास्तव श्रम रोजगार तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया संस्कृति पर्यटन तथा नागरिक उड्ययन, चन्दा चौधरी महिला तथा बालबालिका, एकवाल मिया युवा तथा खेलकुद मन्त्रीमा कायम हुँदा नारदमुनि राना वन मन्त्री बनेका छन् ।

यस्तै गणेश कुमार पहाडी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्दा मोहन बानिया प्रधानमन्त्री कार्यालय हेर्नेगरी मन्त्री बनेका छन् । यस्तै राज्यमन्त्रीहरुमा चन्द्रकान्त चौधरी (ऊर्जा), रेणुका गुरुङ (महिला तथा बालबालिका) र आशाकुमारी विक (वन) छन् । रक्षा मन्त्रालय भने प्रधानमन्त्री आफँले राखेका छन् । सपथसँगै नवनियुक्त मन्त्रीले मन्त्रालय पुगेर पदभार ग्रहण गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्