Logo
Logo

प्रदेश २ को नीति तथा कार्यक्रम सार्वजनिक (पूर्णपाठ)


दृष्टि संवाददाता


धनुषा । प्रदेश २ सरकारले कोरोना नियन्त्रणलाई प्राथमिकतामा राखेर आगामी बर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बिहीबार बसेको प्रदेशसभाको बैठकमा प्रदेश २ प्रमुख राजेश झा अहिराजले नीति तथा कार्यक्रम प्रस्तुत प्रस्तुत गरेका हुन् ।

नीति तथा कार्यक्रम कार्यक्रममा स्वस्थ्य, कृषि, पर्यटन, स्वरोजगार, शिक्षा र सिँचाइलाई पनि प्राथमिकता दिइएको छ । जनकपुरस्थित मणिपाल अस्पताको निर्माणधीन अस्पताललाई कोभिड अस्पताल बनाउने, अस्पतालहरुमा स्वास्थ्यकर्मीहरुको दरबन्दी थप्ने, कोभिड महामारी नियन्त्रण गर्न संरचना निर्माण गरी कोरोनाको मात्रै अस्पताल छुट्याउने नीति प्रदेश सरकारले लिएको छ ।

प्रदेश गौरवको योजनाको रुपमा मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी आर्थिक वर्षमा पठनपाठन सुरु गरी प्रादेशिक अस्पताललाई ५ सय बेड क्षमतामा विस्तार गर्ने योजना सरकारले लिएको छ ।

त्यस्तै कृषिको मझौला उद्योगको कर राजस्व छुट, उखु कृषक र चिनी उद्योगका लागि विशेष प्याकेज, भेटेनरी सेवालाई प्रभावकारी बनाउने नीति सरकारले लिएको छ ।

त्यस्तै प्रत्येक जिल्लामा एक एक पुस्तकालय स्थापना, प्रदेश प्रमुख नैतिक शिक्षालाई निरन्तरता दिँदै प्रदेशको प्रत्येक प्रदेश निर्वाचन क्षेत्रमा एक–एक प्राविधिक विद्यालय स्थापना गरी जनकपुरलाई शिक्षा हब बनाउने प्रदेश सरकारले जनाएको छ ।

प्रदेश २ को नीति तथा कार्यक्रमकाे पूर्णपाठ

प्रतिक्रिया दिनुहोस्