Logo
Logo

नवनियुक्त सञ्चारमन्त्री नैनकला थापाद्वारा पदभार ग्रहण


दृष्टि संवाददाता


काठमाडाैं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले बिहीबार पदभार ग्रहण गरेकी छिन् । राष्ट्रपति कार्यालयबाट सपथ ग्रहणपश्चात उनी सिंहदरवारस्थित सञ्चार तथा सूचना प्रविधिमन्त्री मन्त्रालयमा पदभार ग्रहण गरेकी हुन् ।

महिला आयोगको अध्यक्ष भइसकेकी थापा पछिल्लो समय सक्रिय राजनीतिमा थिइनन् । तर पूर्व माओवादी कोटाबाट दुई मन्त्री बनाउँदा नैनकला सञ्चारमन्त्री बनेकी छन् । उनी एमाले नेता एवं पूर्वगृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी हुन् ।

केपी ओली वामगठवन्धनको प्रधानमन्त्री भएका बेला गृहमन्त्री बनेका बादल पार्टी एकता खारेज भएसँगै एमालेमा लागेका छन् । हालैमात्र वादल गृहमन्त्रीबाट पदमुक्त भएका थिए ।

नवनियुक्त सञ्चारमन्त्री नैनकलाले २०४० सालमा बादलसँग विवाह गरेका हुन् । बाग्लुङकी नैनकला बादलसँग बिवाह हुँदा २१ वर्षकी थिइन् । तत्कालीन माओवादी १० वर्षे जनयुद्ध र त्यसपछि शान्ति प्रक्रियामा आएपछि नैनकला केही समय महिला आयोगको अध्यक्ष बनिन् ।

सञ्चारमन्त्री बनेकी नैनकला थापा पछिल्लो समय निष्क्रिय थिइन् । २०६३ सालमा माओवादी शान्ति प्रक्रियामा आएपछिका १५ वर्षसम्म उनी कहिल्यै सांसद समेत भएकी थिइनन् ।

प्रतिक्रिया दिनुहोस्