Logo
Logo

कृष्णचन्द्र नेपाली गण्डकीको मुख्यमन्त्री बन्दै


दृष्टि संवाददाता


काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली बन्ने भएका छन् । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत गुमाएसँगै संविधानको धारा १६८ को उपधारा ४ बमोजिम पोखरेलले प्रधानमन्त्रीको लागि दावी पेश गर्दै मुख्यमन्त्री बन्ने भएका हुन् ।

मुख्यमन्त्री गुरुङ संविधानको धारा १६८ (३) अनुसार ठूलो दलको आधारमा वैशाख २९ मा मुख्यमन्त्री भएका थिए । एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार १६८ (४) अनुसार उनले संसद् फेस गरेका हुन् । विश्वासको मत गुमाएसँगै उपधारा ४ बमोजिम पोखरेलले मुख्यमन्त्रीमा दावी पेश गर्ने भएका हुन् ।

प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्रीका लागि सिफारिस आह्वान गरेसँगै विपक्षी गठबन्धनले कांग्रेस संसदीय दलको नेता कृष्णचन्द्र नेपाली पोखरेललाई समर्थन गरी बहुमतको दाबी गर्ने तयारी अघि बढाइएकाले गण्डकीको भावी मुख्यमन्त्रीका रूपमा पोखरेललाई हेरिएको छ ।

गण्डकीमा विपक्षी गठबन्धनसँग कांग्रेसका १५, माओवादी केन्द्रका (सभामुखबाहेक) ११, राष्ट्रिय जनमोर्चाका ३ मध्ये २, जनता समाजवादी पार्टीका २ र दिपक मनाङे १ गरी ३१ मत पुगेको छ । कूल ६० सदस्यीय प्रदेशसभामा बहुमत पुग्न ३१ सांसदको समर्थन भए पुग्छ ।

संविधानको धारा १ सय ६८ को ५ अनुसारको सरकार गठन हुन नसकेमा वा त्यस्तो सरकारले ३० दिनभित्र विश्वासको मत लिन नसकेमा १६८ को ७ अनुसार प्रदेशसभा भंग हुने र मध्यावधी निर्वाचन हुनसक्ने सम्भावना रहन्छ ।

प्रतिक्रिया दिनुहोस्