Logo
Logo

अर्काे साताबाट नेपालले त्रिकाेणात्मक सिरिजकाे तयारी थाल्ने


दृष्टि संवाददाता


काठमाडाैं । स्पेनमा हुने आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल, नामिबिया र स्कटल्याण्डविचको सिरिजका लागि नेपाली टिमले अर्को साताबाट प्रशिक्षण सुरु गर्ने भएको छ ।

नेपाली टिमको क्याम्पमा पहिलो चरणमा २१–२२ खेलाडीलाई क्याम्पमा राखिने भएको छ । त्यसबाट अन्तिममा १५ खेलाडीलाई त्रिकोणात्मक सिरिजका लागि राखिनेछ ।

जसका लागि नेपाली टिमका मुख्य प्रशिक्षक डेभ ह्वाटमोर अर्को साता नेपाल पुग्ने भएका छन ।नेपालमा कोरोना भाइरसका कारण लकडाउन हुँदा ह्वाटमोर विचमा श्रीलंका फर्किएका थिए ।

अब टिमको क्याम्प सुरु हुने भएपछि उनी अर्को मंगलबार काठमाडौं आइपुग्ने क्यानले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्