Logo
Logo

सिभिल बैंकको सिइओमा सुनिल पोखरेल नियुक्त


दृष्टि संवाददाता


काठमाडौं । सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुनिल पोखरेल नियुक्त भएका छन् । बैंक सञ्चालक समितिको जेठ २७ गते बिहीबार बसेको ३४५औँ सञ्चालक समितिको बैठकले पोखरेललाई चार वर्षका लागि सिइओमा नियुक्त गरेको बैक स्रोतले बताएको छ ।

२ जेठ २०७६ मा सिभिल बैंकको डेपुटी सिइओमा नियुक्त भएका पोखरेल सिइओमा नियुक्त भएका हुन् । गत वैशाख १८ गते बैंकको सिइओ गोविन्द गुरूङले राजिनामा दिएर म्यानमारको सिटिजन्स बैंकमा गएपछि बैकले पोखरेललाई आगामी असार १८ गतेबाट लागू हुने गरी सिइओमा नियुक्त गरेको हो ।

पोखरेल एनआइसी, नबिल, स्टाण्डर्ड चाटर्ड बैंक हुँदै म्यानमारको एसियन ग्रिन डेभलपमेन्ट बैंकमा गरी ३० वर्ष काम गरिसकेका छन् । पोखरेलको प्रवेशले सिभिल बैंकले प्रगति गर्ने विश्वास लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्