Logo
Logo

पोखरीमा डुबेर ५ बालिकाको मृत्यु


दृष्टि संवाददाता

126
Shares

धनुषा । धनुषा पोखरीमा डुबेर पाँच बालिकाको मृत्यु भएको छ । शुक्रबार दिउँसो धनुषाको मुखियापट्टि मुसहरनिया–६ लक्ष्मीपुरका पाँच बालिकाको पोखरीमा डुबेरमा मृत्यु भएको धनुषाका प्रहरी उपरीक्षक (एसपी) प्रकाश रानाभाटले जानकारी दिए ।

घाँस काट्न गएका बालिकाहरु गर्मी भएपछि दिउँसो १२ः०० बजेको समयमा नजिकैको खेतमा माछा पालनका लागि बनाइएको पोखरीमा नुहाउन गएका बताइएकाे छ । स्थानीयले दुई जना बालिका हराएको भनेपछि उनीहरुको खोजी जारी रहेको एसपी रानाभाटले जानकारी दिए।

स्थानीयवासी पल्टु यादवकी १२ वर्षीया छोरी लक्ष्मीनिया, जोगिन्द्र भगतकी १० वर्षीया छोरी चन्द्रकुमारी, राजगिर पुर्वेकी १३ वर्षीया छोरी मञ्जु, जगरनाथ ठाकुरकी १२ वर्षीया छोरी चान्दनी र उतिम साह तेलीकी १२ वर्षीया छोरी ललिताको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्