Logo
Logo

निषेधाज्ञाबाट फाइदा उठाउने सरकारकाे प्रपञ्च : गगन थापा


दृष्टि संवाददाता


काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले निषेधाज्ञाबाट फाइदा उठाउने प्रपञ्च गरेको आरोप लगाएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत निषेधाज्ञा उल्लंघन गरेर सडकमा आउनु गलत भएपनि सरकारको गलत कामका विरुद्ध सडकमा आउनुको विकल्प नभएको उल्लेख गरेका हुन्।

ट्वीटरमा थापाले लेखेका छन्– ‘निषेधाज्ञा उल्लंघन गरेर सडकमा आउनु गलत हो। तर, जब सरकारले नै आफ्नो क्षुद्र स्वार्थको लागि, जनस्वास्थ्यमा पर्ने दीर्घकालीन असरलाई पूर्ण वेवास्ता गर्दै, कोरोनाले निम्त्याएको परिस्थिति र निषेधाज्ञाबाट फाइदा उठाउने प्रपञ्च गर्छ, देशको सचेत नागरिक सडकमा आउनुको विकल्प हुँदैनु ।’

चिकित्सा शिक्षा आयोगको बैठकबाट बीण्डसीलाई सम्बन्धन दिने निर्णय लिन लागिएपछि प्रदर्शनमा शुक्रबार बृहत् नागरिक आन्दोलनका अभियन्ताले शुक्रबार बालुवाटारमा प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा उनीहरूलाई पक्राउ गरेपछि थापाको यस्तो भनाइ आएको हो ।

प्रतिक्रिया दिनुहोस्