Logo
Logo
गण्डकी प्रदेश

सरकारको दाबी गर्न आजै जाँदै विपक्षी गठबन्धन


दृष्टि संवाददाता


पोखरा । गण्डकी प्रदेशका विपक्षी दलहरु बहुमत सांसदको हस्ताक्षर लिएर आजै सरकारको दाबी गर्न प्रदेश प्रमुखकोमा जाने भएका छन् ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलले २४ घण्टाको समय दिएर मुख्यमन्त्री नियुक्तिका लागि आधार पेश गर्न आह्वान गरेकी छन् । प्रदेश प्रमुखले आह्वान गरेको केही घण्टामै विपक्षी गठबन्धनले नयाँ सरकारको दाबी गर्न जान लागेको हो।

मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द नेपाली पोखरेललाई प्रस्ताव गरिने भएको छ । कांग्रेसका १५, माओवादी केन्द्रका ११, जसपा र जनमोर्चाका २/२ र स्वन्तन्त्र एक गरी ३१ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुखको कार्यालय जाने तयारी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्