Logo
Logo

कोरोनाबाट थप ६७ जनाको मृत्यु, ३ हजार ७५० जना संक्रमित


दृष्टि संवाददाता


काठमाडौं । कोरोना भाइरस संक्रमणबाट थप ६७ जनाको मृत्यु भएको छ । योसँग नेपालका कोरोना संक्रमणाबाट मृत्यु हुनेको संख्या ८ हजार ३०५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ३७५० जनामा संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट ९५९८ जनाको परीक्षण गर्दा २७०९ जनामा र एन्टिजेन विधिबाट ५ हजार ५८४ जनाको परीक्षण गर्दा १०४१ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ५२२५ जना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म ५ लाख २० हजार ८१६ संक्रमणमुक्त भएका छन् । यो निको हुने दर ८६ दशमलव २ प्रतिशत हो ।

हालसम्म नेपालमा ६ लाख ४ हजार ३९६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्