सरकार संवैधानिक संकट निम्त्याउन सक्रिय रहेकाे बाबुरामकाे आरोप « Drishti News – Nepalese News Portal
Logo

सरकार संवैधानिक संकट निम्त्याउन सक्रिय रहेकाे बाबुरामकाे आरोप


दृष्टि संवाददाता


काठमाडाैं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका राष्ट्रिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले देशको संविधान र व्यवस्था नै फेल गर्ने गरी षडयन्त्र भइरहेको दावी गरेका छन् । शुक्रवार सभामुखसँग सर्वदलीय बैठकपछि पत्रकारसँग प्रतिक्रिया दिँदै भट्टराईले व्यवस्था मास्ने काम भएकाे बताएका हुन् ।

उनले याे सरकारले चुनाव कुनै पनि हालतमा नचाहेकाे समेत आरोप लगाए । डा. भट्टराईले भने, ‘सरकारले चुनाव घोषणा गरेको छ । तर, चुनाव गर्ने यसको नियत छैन । चुनाव गर्न चाहेको भए यसरी मन्त्रिपरिषद् पुनर्गठन गर्ने र अध्यादेश जारी गर्दैन ।’

उनले सरकार संविधान र व्यवस्था नै फेल गर्ने ग्राण्ड डिजाइनमा लागेकाे समेत बताए । भट्टराईले भने , ‘सरकारले ६ महिनाभित्र चुनाव गर्ने कुनै लक्षण छैन । चुनाव नभएपछि संविधान फेल हुन्छ । भ्याकुम पैदा हुन्छ । यसरी संकट सिर्जना गरेर अन्ततः संविधान र व्यवस्था नै फेल गर्ने ग्राण्ड डिजाइन हो ।’

उनले सर्वाेच्चबाट नै यि सबै षड्यन्त्रकाे अन्त्य हुने विश्वास समेत व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्