Logo
Logo

एमालेद्वारा पुनः कर्णाली प्रदेशसभा बैठक अवरुद्ध


दृष्टि संवाददाता


सुर्खेत । नेकपा एमालेले शुक्रबार पनि कर्णाली प्रदेश सभा बैठक अवरुद्व गरेको छ । आर्थिक वर्ष २०७८/०८९ नीति तथा कार्यक्रमको आर्थिक विनियोजन विधेयकमा आर्थिक मामिला तथा योजनामन्त्री गोपाल शर्माको हस्ताक्षर नभएको भन्दै एमालेले बैठक अवरुद्ध गरेको हो ।

सभामुख राजबहादुर शाहीले आर्थिक मामिला मन्त्री शर्माले बिहीबारको बैठकमा टेवल गरेको आर्थिक वर्ष २०७८/०८९ नीति तथा कार्यक्रमको आर्थिक विनियोजन विधेयक छलफलमा प्रवेश गराउन लाग्दा एमालले आपत्ति जनाएको थियो ।

एमाले संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले विनियोजन विधेयकमा हस्ताक्षर हुनुपर्ने भन्दै बैठक अगाडि बढ्न नसक्ने बताए ।सभामुख शाहीले मूल दस्तावेजमा मन्त्रीको हस्ताक्षर भएको भन्दै छलफलमा सहभागी हुन आग्रह गरेका थिए ।

त्यसलगत्तै दलका नेता कँडेलले आफूहरुलाई प्राप्त दस्तावेजमा मन्त्रीहरुको हस्ताक्षर नभएसम्म बैठक चल्न नसक्ने अडान लिए पछि बैठक आधा घण्टाका लागि स्थगित भएकाे छ ।

प्रतिक्रिया दिनुहोस्