Logo
Logo

संसदमा बहुमत रहेको मुख्यमन्त्री शंकर पोखरेलको दावी


दृष्टि संवाददाता


बुटवल ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सभामा आफ्नो बहुमत रहेको दावी गरेका छन् ।

शुक्रबार प्रदेशको नीति तथा कार्यक्रम सदनमा टेबुल गर्ने क्रममा मुख्यमन्त्री पोखरेलले ४ जना प्रदेशसभा सदस्यहरुको मुद्दा अदालत रहेको प्रसङ्ग निकाल्दै प्रदेशसभामा प्रतिपक्षी सांसद अनुपस्थित हुँदा देखिएको सत्तापक्षका सांसदको उपस्थितिले सरकारसँग बहुमत रहेको देखाएको दावी गरेका हुन् ।

मुख्यमन्त्री पोखरेलले संसद भित्रको राजनितिक अंक गणितमा आफुले विश्वास गर्ने भन्दै संसद भित्रको बहुमत गुम्दा एक मिनेट पनि बस्न नमिल्ने बताए ।

उनले संसदभित्रको अंक गणितमा आफुले विश्वास गर्ने तर अराजनीतिक विचार नमान्ने जिकिर गरे । उनले संसद अंकगणितमा सत्ता पक्षको बहुमत रहँदासम्म मुख्यमन्त्रीको हैसियतमा रहिरहने बताए ।

प्रतिक्रिया दिनुहोस्