Logo
Logo
सर्वदलीय बैठककाे निष्कर्ष

संविधानकाे रक्षार्थ दलहरू एक हुनुपर्नेमा जाेड


दृष्टि संवाददाता


काठमाडाैं । लोकतन्त्र र संविधान जाेगाउन दलहरू एक हुने भएका छन् ।

सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकमा नेताहरुले अहिले लाेकतन्त्र र संविधान गम्भिर संकटमा परेको भन्दै त्यसलाई बचाउन दलहरू एक हुनुपर्ने निष्कर्ष निकालेका हुन् ।

बैठकपछि पूर्व प्रधानमन्त्री तथा जसपाका नेता डा.बाबुराम भट्टराईले प्रतिनिधिसभा पटक पटक विघटन भएको भन्दै लोकतन्त्र नै धरापमा परेकाले यसलाई बचाउन राजनीतिक दलहरु लाग्नुपर्नेमा सबै दल सहमत भएको जानकारी दिए ।

सभामुख सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक संसद विघटन गरेपछि उत्पन्न राजनीतिक परिस्थितिका बारेमा पूर्व प्रधानमन्त्रीसहित दलका नेतासँग छलफल गरेका हुन् । यसअघि उनले कानुनविदहरुसँग समेत छलफल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्