Logo
Logo

सेनालाई भारतीय सेनाकाे स्वास्थ्य सामग्री सहयोग


दृष्टि संवाददाता


काठमाडाैं । नेपाली सेनालाई भारतीय सेनाले स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेपाली सेनाका अनुसार भारतीय सेनाले भेन्टिलेटर, आईसीयू बेड, पीपीई सेट र एम्बुलेन्सलगायतका सामग्री सहयोग गरेको हो ।

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले प्रधानसेनापति पूर्णचन्द्र थापालाई सैनिक मुख्यालय जंगी अड्डामा पुगेर हस्तान्तरण गरेका हुन् ।

कोरोनाको पहिलो लहर आउँदा पनि भारतीय सेनाले नेपाली सेनालाई औषधि र स्वास्थ्य सामग्री सहयोग गरेको थियो । भारतीय सेनाले नेपाली सेनालाई एक लाख डोज कोभिसिल्ड खोपसमेत सहयोग गरेको थियो ।

सहयाेग सामग्रीबारे भने सेनाले केही जानकारी गराएकाे छैन ।

प्रतिक्रिया दिनुहोस्