Logo
Logo
अन्तर्राष्ट्रिय बार एशोसिएसनकाे ठहर

‘नेपालमा असंवैधानिक संसद् विघटन र अपारदर्शी नियुक्ति भयाे’


दृष्टि संवाददाता


काठमाडौं । कानुन व्यवसायीको अन्तर्राष्ट्रिय संस्था अन्तर्राष्ट्रिय बार एशोसिएसनको मानव अधिकार इन्ष्टिच्युट (आईबीएएचआरआई)ले नेपालमा दोस्रोपटक भएको प्रतिनिधि सभा विघटनले संवैधानिक व्यवस्था मिचेको ठहर गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा ६ महिनामा दोस्रोपटक प्रतिनिधि सभा विघटन गरेर निर्वाचनको घोषणा गर्दै नेपालको संवैधानिक व्यवस्था मिचेको आईबीएएचआरआईले विज्ञप्तिमार्फत जनाएको हो ।

विज्ञप्तिमा ‘संसदीय लोकतन्त्र र न्यायिक मापदण्डहरू अझ चिन्ताको विषय हो, जस्तो कि नेपालका नागरिकहरूले राजनीतिक उथलपुथलको बीचमा मानव अधिकार उल्लंघनका घटनाहरु सहनु परेको छ’, भनिएको छ ।

अन्तर्राष्ट्रिय बारका सह–अध्यक्ष एवं स्वीडेन बार एशोसिएसनका भूतपूर्व महासचिव, एन रामबर्ग जूर एचसीले यसरी प्रतिनिधि सभा विघटन गर्दै संवैधानिक निकायमा अध्यादेशमार्फत् गरिएको नियुक्तिमा पनि प्रश्न उठाएका छन् ।

सरकारले कोभिड–१९ को गम्भीरतालाई चिन्नु पर्ने विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्