Logo
Logo

नेपालकाे पुरानो नक्सा भएको पाठ्यपुस्तकको पाना फेरिने


दृष्टि संवाददाता


new amp of Nepal

काठमाडाैं ।  सरकारकाे निर्देशनपछि नेपालको पुरानो नक्सा प्रकाशित भएको पाठ्यपुस्तकको पाना परिवर्तन गरिने भएकाे छ ।

जनक शिक्षा सामग्री केन्द्र र निजी प्रकाशकबाट अघिल्ला वर्ष प्रकाशन भएको पाठ्यपुस्तकबाट पुरानो नक्शा भएको पाना झिकेर नयाँ नक्सासहितको पाना समावेश गर्न लागेको हो ।

 नयाँ नक्सा जारी हुनुअघि प्रकाशन भएको विद्यालयस्तरको पाठ्यपुस्तक अहिले पनि प्रचलनमा रहेको पाइएपछि सरकारले ती पाठ्यपुस्तकको पाना फेर्न निर्देशन दिएकाे थियाे ।

सरकारले गतवर्ष लिम्पियाधुरा र लिपुलेक क्षेत्र समेटेर नेपालको नयाँ नक्सा जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्