Logo
Logo

सर्वोच्चको आदेशविरुद्ध ओली पक्ष पुनरावलोकनमा जाने


दृष्टि संवाददाता


काठमाडौं । सांसद निलम्बनविरुद्ध सर्वोच्च अदालतले जारी गरेको अन्तरिम आदेशविरुद्ध नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पक्षले पुनरावलोकनमा जाने तयारी गरेको छ ।

अदालतको फैसला कानुन अनुसार नभएको भन्दै भ्याकेट दिने तयारी भइरहेको एमालेका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिएका छन् । आन्तरिम आदेशविरुद्ध भ्याकेटमा जाने तयारी भइरहेको जानकारी दिंदै उनले यो फैसला संविधान र कानुन सम्मत नभएको बताए ।

न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले कर्णाली प्रदेशका चार सांसद प्रकाश ज्वाला, कुर्मराज शाही, अम्मरबहादुर थापा र नन्दबहादुर बुढालाई एमालेले गरेको कारबाहीविरुद्ध पार्टीले गरेको कारबाही नगर्न अन्तरिम आदेश जारी गरेको थियो ।

पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै चार जना सांसदलाई एमालेको दशौं राष्ट्रिय सम्मेलनमा आयोजक कमिटीले पार्टीबाट निलम्बन गरेको थियो । अदालतले त्यसरी कारबाही गर्ने अधिकार आयोजक कमिटीलाई नभएको फैसला गरेको छ ।

प्रतिक्रिया दिनुहोस्