Logo
Logo
दृष्टिका १० हेडलाइन्स् :

३७ सयमा कोरोना पुष्टिदेखि गण्डकीमा नयाँ मुख्यमन्त्रीकाे दावीसम्म


दृष्टि संवाददाता


. २४ घण्टामा देशभर ३ हजार ७५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि, ५ हजार २२५ जना कोरोना संक्रमणमुक्त, संक्रमण भइ निको हुनेको संख्या ५ लाख २० हजार ८१६ पुग्यो, थप ६७ जनाको मृत्यु, मृत्यु हुनेको संख्या ८ हजार ३०५ पुग्यो, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार १४० कोरोना संक्रमित थपिए, औषधि व्यवसायीहरुलाई खोपको दायरामा ल्याउन औषधि व्यवसायी संघको माग ।

२. कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउन समर्थन जनाउँदै गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष विपक्षी गठबन्धनले बुझाएको ३१ सांसदको हस्ताक्षर सनाखत, प्रदेश प्रमुखको निवासमा उपस्थित सांसदले बजेट ल्याउनुपर्ने समयको चापलाई मध्यनजर गर्दै छिट्टै निर्णय गर्न आग्रह गरेपछि शुक्रबार नै सांसदको हस्ताक्षर सनाखत, मुख्यमन्त्री नियुक्तिको निर्णय भने शनिबारमात्रै हुने ।

३. सभामुख अग्निप्रसाद सापकोटाद्वारा संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरू र पूर्व प्रधानमन्त्रीहरूलाई समसामयिक विषयमा छलफल, संविधानको रक्षा गर्न सबै दल एक ठाउँमा आउनुपर्ने बैठकको निष्कर्ष, व्यापार घाटा न्यूनिकरण गर्न ढुंगा, गिट्टी, बालुवा निकासी गर्ने सरकारको निर्णयको विरोध ।

४. नागरिकता अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशप्रति मधेश केन्द्रित दलको विरोध, अध्यादेश रोक्दा अवस्था भयावह हुन सक्ने जसपा अध्यक्ष महन्थ ठाकुरको प्रतिक्रिया, अध्यादेश कार्यान्वयनमा रोक लगाउने आदेश जारी गर्ने न्यायाधीशलाई महाभियोग लगाउनुपर्ने एमाले नेता प्रभु शाहको माग ।

५. सर्वोच्च अदालतले अन्तरिम आदेशमार्फत पुनर्वाहली गरेका सांसदहरूलाई दलीय आचरण देखाउन कर्णाली संसदीय दलको अनुरोध, माओवादी सरकार जोगाउन पार्टी ह्वीप उल्लंघन गरेर राजनीतिक अपराध गरेको भन्दै कारवाही गरेर पुनः पद थमौती भएका प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई अनुरोध, दलीय आचरण, मूल्य र मान्यताभित्र सांसदहरू बस्नुपर्ने संसदीय दलका नेता यामलाल कंडेलको भनाइ ।

६. गण्डकी प्रदेशका जनमोर्चाका सांसद कृष्ण थापा दोस्रो पटक बर्खास्त, आफूविरुद्ध गण्डकी प्रदेशका सभामुख र जनमोर्चाका अध्यक्षले षडयन्त्र रचेको भन्दै आक्रोशित, प्रदेशसभामा एकजना पनि मन्त्री उपस्थित नभएकाले वैठक असंवैधानिक रहेको ठहर, आइतबारको मुद्दाको पेसी हेरेर थप रणनीति बनाउने थापाको प्रतिक्रिया ।

७. धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका–५ स्थित लक्ष्मीनियाँ गाउँ नै स्तब्ध, बाख्रा चराउन भनेर हिँडेका गाउँका पाँच बालिकाको खेतमा खनिएको खाल्डोमा भरिएको पानीमा डुबेर मृत्यु, शव पोष्टमार्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पतालमा ।

८. सिईडीबी हाइड्रोपावरका संस्थापक र कर्मचारीहरुको शेयर ३ वर्षसम्म किनबेच गर्न रोक, वाणिज्य बैंकले जारी गरेको ऋणपत्रको बिक्री बन्द, लगानीकर्ताले ६ वर्षभर ८.५% को दरले प्रतिफल पाउने, असार ६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै एनआईसी एशिया, सुनको मूल्य तोलामा ६ सयले बढ्यो, सिभिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुनिल कुमार पोखरेल नियुक्त ।

९. फिफा विश्वकप–२०२२ तथा एसियन कप–२०२३ अन्तर्गत दोस्रो चरणको छनोटको अन्तिम खेलमा नेपालले आज बलियो टिम अष्ट्रेलियासँग प्रतिस्पर्धा गर्दै, मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीद्वारा नेपाली टोलीलाई ४–३–३ को रणनीतिमा मैदानमा पठाइयो, युरोकप फुटबल प्रतियोगिताको १६ औं संस्करण आजबाट सुरु हुँदै, इटालीको रोममा टर्की र इटालीबीचको खेलसँगै युरोकप औपचारिक रुपमा सुरु हुने, ब्राजिलको सर्वोच्च अदालतद्वारा कोपा अमेरिका आयोजनाको लागि अनुमति ।

१०.र, विश्वका धनी राष्ट्रले कोरोना खोपको एक सय करोड मात्रा दान दिने, बेलायतले गरिब देशलाई कोरोना खोप उपलब्ध गराउने, आफ्ना नागरिकहरुलाई चीन भ्रमणका लागि अनुमति दिन चीनलाई भारतको अनुरोध, उइगर र अन्य मुस्लिम अल्पसङ्ख्यकको बसोबास रहेको चीनको सिन्जियाङमा केन्द्रीय सत्ताबाट मानवता विरोधी अपराध भएको एम्नेष्टी इन्टरनेशनलको आरोप, चीनको बेल्ट एन्ड रोडको विकल्प शुरुवात गर्ने जी ७ राष्ट्रहरुको प्रस्ताव ।

प्रतिक्रिया दिनुहोस्