Logo
Logo

ट्रेण्डको घानमा पिसिँदै गीतसंगीत


एमपी सुब्बा


  • एमपी सुब्बा

‘सालको पात टपरी हुने

नहुने सल्लैको हे बरै’

पछिल्लो समय आमश्रोताको ओठ–ओठमा झुण्डिएको उल्लेखित लोकगीतका स्रष्टा हुन्, गायक कुलेन्द्र विश्वकर्मा र गायिका विष्णु माझी । सामाजिक सञ्जालमा चलिरहेको ट्रेण्डलाई पछ्याउने भने हो, ‘भाइरल गीत हो’ सालको पात…। यसरी सालको पात ‘भाइरल’ बनिरहँदा यस गीतबारे सामाजिक सञजालमा एउटा ट्रोल बनेको छ ।

‘लोकगीत गाउँदा जो–कोही हिट हुने

‘लोकगीत गाउँदा जो–कोही हिट हुने

नहुने त करैले हे बरै’

नेपाली गीतसंगीत क्षेत्रमा देखिएको ट्रेण्डलाई ब्यंग्य गरिएको ट्रोल वास्तवमै यर्थातपरक छ किनकि, यहाँ लोकगीतको ट्रेण्ड चलेको छ । लोकमा पनि नाच्न मिल्ने, जसलाई ‘डान्सिङ लोकगीत’ भन्ने गरिन्छ ।

टे«ण्ड पछ्याउनु पक्कै नराम्रो होइन । तर, यस्तो प्रवृतिले नेपाली गीतसंगीतको स्तर कतिसम्म ओरालो झरेको छ भन्ने कुरा कलाकारले मननसमेत गर्न सकेका छै्रनन् । वर्ष दिनयता बजारमा आएका नेपाली गीतसंगीतहरु यु–ट्युबमा हेर्ने हो भने लाग्छ, ‘नेपाली सुगमसंगीत अब इतिहास बन्दैछ ।’

यतिखेर नेपाली सांगीतिक क्षेत्रमा ‘डान्सिङ लोकगीत’को भेल उर्लिएको छ । त्यो भेलले सुगमसंगीतलाई बगाएको छ अर्थात सुगमसंगीतमा कहलिएका गायक÷गायिकाहरु हिजोआज लोकगीतमै हराउन थालेका छन् ।

सुगम तथा गजल गायकका रुपमा स्थापित शिव परियार, जगदशि समाल, चर्चित गायक राजेशपायल राई, गायिका अञ्जु पन्तहरुले समेत ‘डान्सिङ लोकगीत’ गाउन थालेका छन् ।

कुनै समय लोकगायकलाई ‘लोके’ भनेर विवादमा आएका शिवको समेत धारणा फेरिएको छ । उनी भन्छन्, ‘बजारमा जे ट्रेण्ड चल्छ, त्यसलाई पछ्याउन सक्नुपर्छ । मैले पनि अलि–अलि पछ्याउने प्रयास गरेको हुँ । मेरो धार सुगमसंगीत नै हो ।’

टे«ण्ड पछ्याउनु पक्कै नराम्रो होइन । तर, यस्तो प्रवृतिले नेपाली गीतसंगीतको स्तर कतिसम्म ओरालो झरेको छ भन्ने कुरा कलाकारले मननसमेत गर्न सकेका छै्रनन् । वर्ष दिनयता बजारमा आएका नेपाली गीतसंगीतहरु यु–ट्युबमा हेर्ने हो भने लाग्छ, ‘नेपाली सुगमसंगीत अब इतिहास बन्दैछ ।’

यु–ट्युबको ट्रेण्ड आएपछि यहाँ यति धेरै गीतसंगीत उत्पादन हुन्छ, दैनिक १० देखि २० वटासम्म भिडियो यु–ट्युबमा अपलोड भइरहेका हुन्छन् । यु–ट्युबमा अपलोड गरिएका गीत तथा भिडियोहरु भ्युअर्स तान्ने मनशायले बनाइएको छ । जसले गर्दा लोक तथा ‘डान्सिङ लोकगीत’ भनिएका गीतहरुमा द्विअर्थी, अश्लील र भद्दा लाग्ने शब्दचयन गरिएको पाइन्छ ।

यु–ट्युबको ट्रेण्ड आएपछि यहाँ यति धेरै गीतसंगीत उत्पादन हुन्छ, दैनिक १० देखि २० वटासम्म भिडियो यु–ट्युबमा अपलोड भइरहेका हुन्छन् । यु–ट्युबमा अपलोड गरिएका गीत तथा भिडियोहरु भ्युअर्स तान्ने मनशायले बनाइएको छ । जसले गर्दा लोक तथा ‘डान्सिङ लोकगीत’ भनिएका गीतहरुमा द्विअर्थी, अश्लील र भद्दा लाग्ने शब्दचयन गरिएको पाइन्छ ।

कुनै समय लोकगायिका ज्योति मगर, गायक पशुपति शर्मा, सरस्वती लामाहरुलाई ‘भद्दा कलाकार’ भन्दै गाली गर्नेहरु अहिले तिनैको पछाडि दौडिन थालेका छन् ।

चर्चाकै लागि भद्दा लाग्ने गीत गाएर चर्चामा आउनेहरुलाई ‘युट्युबर’ र ‘यु–ट्युब च्यालन’ चलाउनेहरुले उक्साउन थालेका छन् । ‘भ्युअर्स आएपछि डलरसँगै चर्चा पनि कमाइने’ भन्दै यु–ट्युब च्यानलवालाहरुले कलाकारलाई उक्साइरहेका हुन्छन् ।

त्यसैको पछि लाग्दै गायिका टिका प्रसाइँले ‘नाइँ मलाई थाहा छैन’, ‘माया लुकी–लुकी’जस्ता डान्सिङ गीत गाइन् । र, उनी यु–ट्युबमा टे«न्डिङमा पर्न समेत सफल भइन् । तर, सुगमसंगीतमा समेत कहलिएकी गायिकाले चर्चा कहिलेसम्म भन्ने सोचिनन् । र, उनले आफ्नो नजानिँदो तरिका टे«ण्ड परिवर्तन गरिन् । उनलाई त्यस्तो नलागेपनि उनका फ्यानहरु असुन्तष्ट छन् । टिकाको डाइहार्ट फ्यानमध्ये भक्तपुरका कृष्ण श्रेष्ठ भन्छन्, ‘टिका प्रसाइँका पहिले–पहिलेका र पछिल्ला गीत सुन्दा लाग्छ, उनले आफ्नो धार छाडिन् ।’ टिकाले गाएको डान्सिङ गीत राम्रै भएपनि आफ्नो धार नछाडे राम्रो हुने कृष्णको भनाई छ ।

कृष्ण मात्र होइन, अधिकांश सुगमसंगीतका श्रोता पछिल्लो समय नेपाली गीतसंगीतको ट्रेण्डलाई लिएर चिन्तित छन् । ‘लोकगीत गाएको नराम्रो होइन’ अनामनगरका भेटिएका चाबहिल सरस्वतीनगरका रमेश क्षेत्रीले भने, ‘तर, चर्चाकै लागि सुगमसंगीतमा स्थापित कलाकारले भद्दा लोकगीत गाएको राम्रो लाग्दैन ।’

नेपाली गीतसंगीतलाई प्रतिनिधित्व गर्ने भनेकै सुगम कलाकारहरु भएकाले उनीहरुले आधुनिक गीत गाएकै राम्रो हुने रमेशको सुझाव छ । उनले भने, ‘सुगम गायकले चर्चाकै लागि भद्दा लोकगीत गाउनु भनेको डाक्टरले इन्जिनियरको काम गर्नुजस्तै हो । यो पक्कै सुहाउँने कुरा होइन ।’

दुई दिने गीत

‘आइटम लोकगीत’ अर्थात भद्दा डान्सिङ ट्रेण्डलाई दुई दिने गीतको संज्ञा दिइएको छ । नेपाल संगीत कला पत्रकार संघका अध्यक्ष सुमन बैरागी भन्छन्, ‘अहिले नेपाली संगीत बजारमा दुई दिने गीतको ट्रेण्ड चलेको छ । यो नेपाली गीतसंगीत क्षेत्रकै लागि दुखद् कुुरा हो ।’

बजारमा ल्याएको दुई दिनसम्म चर्चामा आउने र त्यसपछि हराउने भएकाले अहिले बजारमा आइरहेका गीतलाई उनले ‘दुई दिने गीत’को संज्ञा दिएका हुन् । सात वर्षयता ‘म्युजिक खबर म्युजिक अवार्ड’ समेत गर्दै आएका बैरागीले भने, ‘पहिले–पहिले अवार्डका लागि एकदमै राम्रो सुगम गीतहरु आउन्थ्यो । पछिल्लो समय लोकगीत र डान्सिङ गीतहरु बढी आउन थालेका छन् । त्यसमा पनि भद्दा लाग्ने खालका बढी आउँछन् ।’

उनले त्यस्ता गीतहरुलाई अवार्ड दिनसमेत गाह्रो हुने बताए । ‘चर्चामा आएका हिट गीतलाई अवार्ड दिनुपर्ने हुन्छ’ अध्यक्ष बैरागीले भने, ‘तर, अहिले त बजारमा ल्याएको दुई दिनमै गीत हराएको हुन्छ, त्यस्ता गीतलाई अवार्ड कसरी दिने ?’

यस्तै, म्युजिक खबर पाक्षिक पत्रिका तथा म्युजिक खबर डटकमकी सम्पादक सविता पण्डित पनि हाल आइरहेका गीतहरुप्रति असुन्तष्टि छिन् । उनी भन्छिन्, ‘हिजोआज त गीतहरु पनि कस्ता–कस्ता आउँछन् । कुनै जमानामा पुराना स्रष्टाहरुलाई नयाँ कलाकारले फलो गर्थे, तर अहिले त पुराना र स्थापित कलाकारहरु नयाँको पछाडि लागेका छन् ।’

नयाँ कलाकारहरु चर्चाका पछाडि दौडिएका हुन्छन् । तर, पुरानाहरु नयाँजस्तै चर्चाको पछाडि लाग्दा उल्टै विलिन भइरहेको उनको तर्क छ ।

ओझेलमा स्रष्टा

गीतकार संघ नेपाल, प्रस्तोता समाज, नेपाल रोयल्टी समाजजस्ता गीतसंगीतसँग सम्बन्धित सस्थाहरु ‘कलाकारले रोयल्टी पाउनुपर्छ’ भन्ने आवाज उठाइरहेका बेला स्रष्टाहरु नै ओझेलमा पर्न थालेका छन् ।

हिजोआज गीत जति हिट अर्थात चर्चामा आएपनि त्यो गीत कुन गायक वा गायिकाले गाएका हुन् ? भन्ने थाहा हुन्न । हाल नेपाली बजारमा चर्चामा रहेको गीत ‘सालको पात टपरी’को वास्तविक गायक÷गायिका को हुन् भन्ने धेरैलाई थाहा छैन । जबकि उसले त्यो गीत पूरै कण्ठ पारेको हुन्छ ।

यसरी स्रष्टा ओझेलमा पर्नुको कारण भनेको म्युजिक भिडियोको ट्रेण्ड पनि हो । हात–हातमा स्मार्ट फोन अनि इन्टरनेट र यु–ट्युबले गर्दा डान्सिङ गीतका भिडियोले चर्चा पाउन समय लाग्दैन । तर, त्यसरी चर्चामा आएका गीतका भिडियोमा अभिनय गर्ने मोडलहरु भने चर्चामा आउने गरेका छन् ।

हिजोआज गायक÷गायिकाको नामभन्दा पनि मोडलिङ गर्ने कलाकारलाई त्यो गीतको श्रेय जान्छ । यहाँ कुनै पनि हिट गीतको तारिफ र चर्चा गरिन्छ भने तिनै मोडल अलिशा राई, डान्सर कविता नेपाली, डान्स ग्रुप ‘कार्टुन क्रिउ’, भीमफेदी गाइजहरुको चर्चा गरिन्छ ।

पत्रकार नविन गुरुङ भन्छन्, ‘पहिले रामकृष्ण ढकालको गीत, शिव परियारको गीत, राजेशपायल राई गीत र अञ्जु पन्तको गीत भनेर चर्चा गरिन्थ्यो । तर, अहिले खै के भएको हो, अलिशा राई, कार्टुन क्रिउको, कविताको गीत रे । दर्शक÷श्रोता भिडियोमा केन्द्रित हुँदा वास्तविक स्रष्टा ओझेलमा पर्न थालेका हुन् ।’

यो अवस्थाको सिर्जना तिनै कलाकारले गरेको नविनको आरोप छ । ‘सुगम गीत गाउन छाडेर डान्सिङमा जोड दिएपछि यस्तै हुन्छ’ उनले भने, ‘दर्शक तथा श्रोताको नजर डान्समै केन्द्रित भएपछि त्यो गीत कसले गाएको हो भन्ने उनीहरु ध्यान दिँदैनन् । जसले गर्दा उनीहरु आफै श्रोताबाट ओझेल पर्दै गएका छन् ।’

प्रतिक्रिया दिनुहोस्