Logo
Logo

नेपाल टेलिकमको सहप्रवक्तामा भण्डारी नियुक्त


- दृष्टि न्युज/संवाददाता



काठमाडौंं । नेपाल टेलिकमले २०७५ चैत ११ देखि कम्पनीको सहप्रवक्ताको जिम्मेवारी प्रबन्ध निर्देशकको कार्यालयका उपप्रबन्धक कृष्णप्रसाद भण्डारीलाई दिएको टेलिकमले जनाएको छ ।

प्रमुख व्यावसायिक अधिकृतको कार्यालयका उपप्रबन्धक तथा सहप्रवक्ता शोभन अधिकारी प्रमुख प्राविधिक अधिकृतको कार्यालयमा सरुवा भई गएकाले कम्पनीले उक्त जिम्मेवारी परिवर्तन गरेको प्रमुख सूचना तथा प्रकाशन शाखा प्रमुख व्यवसायिक अधिकृत लक्ष्मी अधिकारीले एक विज्ञप्तिमार्फत् जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्