Logo
Logo

‘ओलीकै कारण मेरो निष्ठा गुम्दैन’


दृष्टि संवाददाता


पोखरा । गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनकै कारण आफूले राजनीतिक निष्ठा गुमाउन नसक्ने बताएका छन् । आइतबार मुख्यमन्त्री निवासमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुने । उनले भने, ‘कसैको दबाबमा म घुँडा टेक्दिनँ ।’

पूर्वमुख्यमन्त्री गुरुङले राजनीतिलाई फोहोरी खेल भनिएपनि त्यो पात्रमा भर पर्ने बताए । उनले भने, ‘वास्तवमा राजनीति होइन पात्र फोहोरी हुन् ।’ उनले नेकपा विवादित बन्दा आफ्नो सत्ता गुमेको आशय व्यक्त गरे ।

आफू मुख्यमन्त्री भएपछि केन्द्रमा महत्वपूर्ण काममा बाहेक अघिपछि नगएको बताउँदै उनले अब पार्टीलाई संकटबाट जोगाउने समय आएको बताए । अबका दिन केन्द्रीय राजनीतिमा केन्द्रीत हुने बताउँदै भने, ‘बहुमत पु¥याएपछि सरकार गठन हुन्थ्यो तर जंगली पारा देखाइयो । सरकारमा जान दुई घण्टा पनि कुर्न किन सकिँदैन ? बलको आधारमा सरकार बनाउनुपर्छ पीएसलाई हटाउनैपर्छ भन्ने देखियो ।’

उनले मुख्यमन्त्रीमा दाबी गरेको विषयमा पनि क्लियर पार्दै भने, ‘मैले हाम्रो पार्टीको २७ जना सांसदको विवरण बुझाएको हुँ ।’ गठबन्धनबाट बनाइएका सरकार जुनसुकै बेला पनि परिवर्तन हुन सक्ने उनको दावी छ ।

प्रतिक्रिया दिनुहोस्