Logo
Logo

ढुङ्गा, गिट्टी निर्यात नीतिविरूद्ध संशोधन प्रस्ताव दर्ता


दृष्टि संवाददाता


माेरङ । प्रदेश १ सभामा संघीय सरकारले नयाँ बजेटमार्फत ल्याएको ढुङ्गा, गिट्टी, बालुवा निर्यात गरी व्यापार घाटा कम गर्ने नीति कार्यान्वयनमा नगर्न माग गदै संशोधन प्रस्ताव दर्ता भएको छ । जनता समाजवादी पार्टीका सांसद जयराम यादवले सभामा संशोधन प्रस्ताव दर्ता गराएका हुन् ।

सांसद यादवले दर्ता गराएको संशोधन प्रस्तावमा ढुंगा, गिटी उत्खनन र बिक्री गर्ने संघीय सरकारको योजनाले देशकै अन्न भण्डार मानिएको प्रदेश १ को चुरे क्षेत्रको चरम विनाश हुने, पानीको स्रोत सुक्ने, पर्यावरण र जैविक विविधताको नास हुने जनाइएको छ ।

उनले प्रदेश १ लाई मरुभूमि हुनबाट जोगाउन ढुंगा, गिटी निर्यात गर्न नदिने गरी निर्णय गर्नुपर्ने माग समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्