Logo
Logo

एमबीबीएस पढ्न जाने हाेइन त जुम्ला ?


दृष्टि संवाददाता


जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले चिकित्सा शास्त्रको स्नात तह अर्थात् एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने स्वीकृति पाएको छ । चिकित्सा शिक्षा आयोगले एमबीबीएस पढाउने स्वीकृति दिएसँगै अब जुम्लामा पनि चिकित्सक उत्पादन हुने भएको हो ।

जेठ २९ गते सम्पन्न आयोगको बैठकले प्रतिष्ठानमा स्नातक तहको एमबीबीएस कार्यक्रम शुरुवात गर्न स्वीकृति दिने निर्णय गरेसँगै अब कर्णालीमा डाक्टरी पढाइको वैधानिक ढोका खुलेको हो । प्रतिष्ठानमा चिकित्सा शिक्षाको स्नातकोत्तर तहको अध्यापन शुरुआत भइसकेको छ ।

एमबीबीएस कार्यक्रम शुरु हुने भएपछि ‘कर्णालीमा आउ, डाक्टर बनेर जाउँ’ भन्ने कर्णालीबासीको सपना अब पुरा हुने प्रदेश सरकारको विश्वास छ । कोरोना भाइरसको संक्रमण उच्च रहँदा प्रतिष्ठानले अहिले उत्कृष्ट सेवा दिइरहेको छ । जुम्लाका हरेक स्थानीय तहमा प्रतिष्ठानबाटै चिकित्सकको समूह पुगेर उपचारमा समेत खटिएको छ ।

योसँगै डाक्टर बन्नका लागि शहर पुग्नुपर्ने जुम्लेलीको बाध्यताको पनि अन्त्य भएको छ ।

प्रतिक्रिया दिनुहोस्