Logo
Logo

‘नेपाल-भारत सीमामा तारबार लगाऔँ’


दृष्टि संवाददाता


काठमाडौं । सुदूरपश्चिम प्रदेश सभा सांसद तारा लामा तामाङ्गले नेपाल–भारत सीमामा तारबार लगाउन माग गरेका छन् ।

प्रदेश प्रमुख गंगा प्रसाद यादवले प्रस्तुत गरेको अगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रममाथिको छलफलमा एमाले सांसद तामाङ्गले नेपाल–भारत सीमामा तारबार लगाउनु पर्ने माग गरेका हुन् ।

भारतबाट नेपाली भूभाग अतिक्रमण भइरहने समस्यालाई समाधान गर्न पनि तारबार आवश्यक रहेको उनले बताए । छलफलमा बोल्दै उनले भने,‘ ‘भारतले बढि जसो भूभाग अतिक्रमण गर्ने, गर्न खोज्ने तथा विकास निर्माणमा अवरोध गर्ने गरेको छ। कञ्चनपुरदेखि दार्चुलासम्म कहिँ पनि सीमा व्यवस्थित छैन् । ठूलो बजेट लगाएर ठूलो संरचना बनाउन नसके पनि केन्द्र सरकारसँग समन्वय गरेर भारतसँग तारबार चाही लगाउनु पर्छ।’

अहिले पनि बेलौरीमा हुलाकी सडकको काम गर्न थाल्यो भने भारतीय एसएसबी आएर नेपालीलाई धम्क्याउने गरेको उनको भनाई छ। नेपाल–भारत सीमामा तारबार गरेमा भारतसँग सम्बन्ध नबिग्रिने उनको दाबी छ।

उनले दार्चुलाको छाङ्रु, व्यासका स्थानीयलाई नेपाली नागरिकको अनुभव हुने गरी काम गर्न पनि प्रदेश सरकारलाई सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्