Logo
Logo

एमाले एक हुँदा प्रदेश १ मा नीति तथा कार्यक्रम पारित


दृष्टि संवाददाता


काठमाडौं । प्रदेश १ सरकारकाे नीति तथा कार्यक्रम प्रदेशसभामा आइतबार बहुमतले पारित भएको छ ।

मुख्यमन्त्री शेरधन राईले आर्थिक वर्ष २०७८/०७९ का लागि ल्याएको नीति तथा कार्यक्रम पारित गर्नका लागि गरेको प्रस्ताव प्रदेशसभामा उपस्थित बहुमत प्रदेशसभा सदस्यहरुको ध्वनी मतले पारित भएको हो ।

प्रदेशसभामा सत्ताधारी दल एमालेको एकल सरकार छ । एमालेको ५१, काँग्रेसका २१, माओवादी केन्द्र १५, संघीय समाजवादीका ३ तथा राप्रपा र लोकतान्त्रिक मञ्चको एक–एक जना सांसद छन् ।

प्रदेश सरकारहले असार १ गते आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्नुपर्ने संवैधानिक व्यवस्था  छ  ।

छलफलका क्रममा प्रदेशसभा सदस्यहरुले उठाएका प्रश्नको जवाफमा मुख्यमन्त्री राईले नीति तथा कार्यक्रम प्रदेशको समृद्धिका लागि औचित्यपूर्ण रहेकोले शंका नगर्न आग्रह गरेका थिए ।

नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षी दल कांग्रेस, विपक्षी दल माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)ले अविश्वासको प्रस्ताव पेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्