Logo
Logo

प्रदेश २ को नीति तथा कार्यक्रम बहुमतले पारित


दृष्टि संवाददाता


जनकपुरधाम । प्रदेश २ सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । आइतबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री लालबाबु राउतले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिएपछि बहुमतले पारित भएको हो ।

नीति तथा कार्यक्रममाथि चार जना सांसद्ले संशोधन प्रस्ताव दर्ता गराएका थिए । तर, मुख्यमन्त्री राउतले नीति तथा कार्यक्रममा भएका कमजोरी स्वीकार्दै कार्यान्वयनमा जोड दिने बताएपछि उनीहरूले संशोधन प्रस्ताव फिर्ता लिएका थिए । 

मुख्यमन्त्री राउतले स्वास्थ्य क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सरकारले चिकित्सकको मासिक पारिश्रमिक एक लाख ५० हजार हुनगरी प्रावधान ल्याउने तयारी गरिएको बताए । 

अब सोमबारको बैठकमा प्रिबजेटमा छलफल भएर असार १ गते सरकारले बजेट भाषण गर्ने तयारी गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्