Logo
Logo

पूर्वप्रधानमन्त्री खनालको स्वास्थ्य अवस्था सामान्य


दृष्टि संवाददाता

189
Shares

काठमाडौं । अस्वस्थ भई सोमबार विहान नर्भिक अस्पतालमा भर्ना भएका पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

उनलाई हाल आकस्मिक कक्षबाट वार्डमा सारिएको र अक्सिजन सपोर्टमा उपचार जारी राखिएको अस्पतालले जानकारी दिएको छ । नेता खनालको अवस्था सामान्य रहेको र रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको अस्पतालको सञ्चार तथा जनसम्पर्क विभागले जानकारी दिएको छ ।

नेता खनालको रगत जाँच गर्दा हेमोग्लोबिनको कमी देखिएको छ । उपचारमा संलग्न चिकित्सकहरुकाअनुसार उनको लक्षण हेर्दा पोस्ट कोभिडपछिको समस्या हुनसक्ने अनुमान गरिएको छ ।

अस्पतालका अनुसार नेता खनाललाई विगत ९ दिनदेखि ज्वरो आइरहेको थियो । ज्वरो कम नभइ स्वास्थ्यमा थकान महसुस हुने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या पनि देखिएपछि आज बिहान पौने ८ बजे उनी नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्